१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार २८ मंगलबार
  • Friday, 05 July, 2024
२o७९ असार २८ मंगलबार १७:३२:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
विश्व डिजिटल संस्करण

श्रीलंकाली राष्ट्रपतिले गरे राजीनामा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ असार २८ मंगलबार १७:३२:oo

राष्ट्रपति गोटाबाया राजपाक्षले सोमबारदेखि लागू हुने गरी पदबाट राजीनामा दिएका छन्। उनले गत सोमबार असार २९ को मिति राखेर राजीनामापत्रमा हस्ताक्षर गरेका हुन्। राष्ट्रपतिको राजीनामाको सार्वजनिक घोषणा भोलि हुनेछ। 

राष्ट्रपति गोटाबायाले राजीनामापत्रमा हस्ताक्षर गरेर वरिष्ठ सरकारी अधिकारीलाई हस्तान्तरण गरेकाे तथा ती अधिकारीले सभामुख महिन्दा यापा आबेवर्देनालाई बुझाउने डेली मिररले जनाएको छ। संसदबाट भोलि उनले गोटाबाया राजपाक्ष देशको राष्ट्रपति नरहेको सार्वजनिक घोषणा गर्नेछन्।

प्रधानमन्त्री रनिल विक्रमासिंघेले भोलि नै अस्थायी राष्ट्रपतिका रूपमा शपथ लिनेछन्। संसदबाट नयाँ राष्ट्रपति चयन नभएसम्म उनले नै शासन सञ्चालन गर्नेछन्। सभामुखले आगामी साउन ४ गते संवैधानिक प्रावधानअनुसार नयाँ राष्ट्रपति चयन गर्ने निर्णय गरिएको जानकारी राजनीतिक दलका नेताहरूलाई दिएका छन्। राष्ट्रपति पदका लागि साउन ३ गते उम्मेदवारी मनोनयन गरिनेछ। 

प्रधानमन्त्री रनिल विक्रमासिंघे र विपक्षी दलका नेता सजिथ प्रेमदासा उम्मेदवार बन्ने पुष्टि भइसकेको छ। प्रेमदासाले देशको अर्थतन्त्र पुनर्निर्माण गर्न आफू तयार रहेको जानकारी हिजो दिएका थिए। यसअघि प्रधानमन्त्री विक्रमासिंघेले पनि पदबाट राजीनामा दिने घोषणा गरेका थिए।  राष्ट्रपति र प्रधानमन्त्रीको निवास कब्जामा लिएका आन्दोलनकारीले पदबाट राजीनामा नदिएसम्म त्यहाँबाट बाहिर ननिस्कने स्पष्ट पारेका छन्। शनिबार राष्ट्रपति गोटाबाया देश छाडेर भागेको बताइएको थियो। 
 

ad
ad
ad
ad