१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
मुख्य समाचार डिजिटल संस्करण

उपेन्द्रमा पदको लोभ देखियो, पार्टीको सपनामा कुठाराघात भयो : अध्यक्ष भट्टराई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असार २८ मंगलबार १६:१८:००

जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले पार्टीका केन्द्रीय कार्यकारिणी अध्यक्ष उपेन्द्र यादवले एकलौटी र स्वेच्छाचारी प्रवृत्ति देखाएको आरोप लगाएका छन्। पार्टीमा ठूलो बन्नका लागि यादवले एकलौटी र स्वेच्छाचारी ढंगबाट पार्टीका गतिविधिहरू गरेको भट्टराईले आरोप छ।

मंगलबार काठमाडौंमा बसेको केन्द्रीय कार्यसमितिको विस्तारित बैठकलाई सम्बोधन गर्दै उनले संख्यात्मक रूपमा पनि आफ्नो पक्षमा नै बहुमत रहको दाबीसमेत गरे। अर्का अध्यक्ष यादव पक्षले आफूहरूको बैठक अवैध भनेकोप्रति लक्षित गर्दै भट्टराईले यादव पक्षले इतिहासलाई भुलेर गरेको कुराको कुनै सत्यता नरहेको जिकिर गरे।

उनले पार्टी दर्ता गराउँदा देखेको आफ्नो सपनामा कुठाराघात भइरहेको बताए। पार्टीमाथि ठूलो संकटको बादल मडारिएको उल्लेख गर्दै उनले पार्टीलाई रूपान्तरण गरेर अघि बढ्न नसके झनै ठूलो दुर्घटना निम्तिने बताए।

‘यो पार्टी हामीले जन्माएको हो, फुटबाट जोगाएको हो र अहिले पनि पार्टीलाई रूपान्तरण गर्ने हाम्रो मनसाय हो। म मेरा मित्र उपेन्द्र यादवजीलाई अहिले पनि नतर्सिन, नडराउन, हिम्मतका साथ फेस गर्न वैधानिक ढंगले बैठक राख्न चुनौती दिन्छु। तपाईंले अवैध ढंगले, जुन गलत मनसायका साथ गुटको मात्रै बैठक अपायकमा राख्नुभएको छ, तत्काल स्थगित गर्नुहोस, यहाँ आउनुस्। तर, स्वेच्छाचारी ढंगल हर्कत गर्नुहुन्छ भने त्यसलाई वैधता दिन सकिँदैन,’ भट्टराईले भने।