१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २१ शुक्रबार १५:३१:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालबाट दर्ज्यानी चिह्न प्रदान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १५:३१:oo

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले हालै पदोन्नति भएका ५७ जना अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा सोमबार एक समारोहबीच उनले बढुवा भएका अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।

महानिरीक्षक अर्यालले संगठनमा खाली रहेका सबै पदमा तत्कालै बढुवा गर्ने गरी आफूहरू अगाडि बढिरहेको बताए ।  खाली पदहरू सीमित रहँदा सबैले एकैपटक पदोन्नति प्राप्त गर्न नसके पनि लामो समयसम्म एउटै पदमा रहेर कार्य गरिरहेका अधिकृतको वृत्तिविकासका लागि कार्यसम्पादन मूल्यांकन प्रणालीलाई वस्तुपरक र वैज्ञानिक बनाउँदै लगिने उनको भनाइ थियो ।

महानिरीक्षक अर्यालले पदोन्नतिसँगै प्राप्त भएको दर्जाअनुरूपको कार्यसम्पादनमा पूर्ण व्यावसायिक भई क्रियाशील रहन अधिकृतहरूलाई निर्देशन पनि दिएका छन् । 

ad
ad