१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार २४ शुक्रबार
  • Tuesday, 25 June, 2024
नयाँ पत्रिका काठमाडौँ
२o७९ असार २४ शुक्रबार १७:५३:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

सत्तागठबन्धन लक्षित ओली अभिव्यक्ति : यो सरकारको के काम ? लाज छैन ? 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o७९ असार २४ शुक्रबार १७:५३:oo

नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान ५ दलीय गठबन्धन सरकार अविलम्ब हट्नुपर्ने बताएका छन्। शुक्रबार छवि कार्कीको १२औँ स्मृति सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन्।  उनले देशको चाबी लिएरै ढुकुटी लुट्ने काम गठबन्धनको सरकारले गरेको आरोप लगाए। अध्यक्ष ओलीले अन्य सरकार भएको भए अहिलेसम्म मैनबत्तीझैँ पग्लिएर सरकारबाट हटिसकेको हुने भए पनि अहिलेको सरकार तमासा देखाएर बसेको बताए।

‘यो सरकारको के काम ? लाज छैन, मल दिन सकेको छैन ? देशको अर्थतन्त्र यस्तो बनाएको छ । देशको साँचो लिएरै ढुकुटीमा गएर लुट्ने । यो सरकारको काम छैन । यो सरकार अविलम्ब हट्नुपर्छ । अरू सरकार भएको भए मैन पग्लिएझैँ सकिन्थ्यो,’ उनले भने, ‘यो केही लाज नै छैन । अब अतिभन्दा पनि नाघ्यो । अब यो सरकार स्वीकार्य हुन सक्दैन । चुनावमा धाँदली, लुट हुन्छ । मतदातालाई कुटेर लखेट्छ । हरेकतिर विकासका आयोजनाहरू सबै कटौती गरेको छ । राम्रो एउटा छैन । सबै नराम्रा । यो सरकार नराम्रा कामको थुप्रो हो।’
 

ad
ad
ad
ad