१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
शान्ति तामाङ काठमाडाैं
२o८१ बैशाख ३१ सोमबार o८:५८:oo
Read Time : > 2 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

केयुकेएलका सिइओलाई  कार्यालय प्रवेश निषेध

Read Time : > 2 मिनेट
शान्ति तामाङ, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o८:५८:oo

हैजा नियन्त्रणमा जुट्नुपर्ने केयुकेएलका कर्मचारी सिइओ मिलन शाक्यलाई हटाउनुपर्ने माग राख्दै १९ दिनदेखि आन्दोलनमा

सरकारले गत २६ जेठमा खानेपानी सञ्चालन तथा वितरण सेवालगायत २५ अत्यावश्यकीय क्षेत्रमा कुनै पनि बहानामा हडताल र अवरोध गर्न रोक लगाएको थियो । आवश्यक सेवा सञ्चालन ऐन २०१४ को दफा ३ को उपदफा १ ले दिएको अधिकार प्रयोग गरी अत्यावश्यक क्षेत्रमा हडताल गर्न निषेध गरेको थियो । तर, सरकारकै ३० प्रतिशत सेयर रहेको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)का कर्मचारी भने १९ दिनदेखि आन्दोलमा छन् । 

केयुकेएलका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यलाई कार्यकक्ष प्रवेशमा निषेध गरिएको छ । २ असारदेखि नेपाल कम्युनिस्ट पार्टीनिकट एकीकृत स्वतन्त्र कर्मचारी संघ, कांग्रेसनिकट कर्मचारी संघ र लोकतान्त्रिक कर्मचारी संघ, राप्रपानिकट कर्मचारी परिषद् र सवारीचालक एसोसिएसनले विभिन्न २३ बुँदे माग राखेर संयुक्त रूपमा आन्दोलन गरिरहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म उपत्यकामा १७ जनामा हैजा देखिएको छ । हैजाको स्रोत पिउने पानी र खानेकुरा भए पनि पानी उत्पादन, वितरण, टेस्टिङलगायतको काम गर्ने निकायका कर्मचारी भने आन्दोलनमा छन् । 

केयुकेएल कर्मचारी संघले सिइओ शाक्यले संस्थालाई धराशायी अवस्थामा पुर्‍याएको भन्दै नहटाएसम्म आन्दोलन जारी रहने बताएको छ । ‘सिइओका कारण संस्था धराशायी बन्दै गएको छ । अधोगतितर्फ अगाडि बढेको छ । उहाँ संस्थागत, नीतिगत, प्राविधिक रूपले निर्णय गर्न सक्षम हुनुहुन्न,’ संघका अध्यक्ष सन्त बोहराले भने, ‘उहाँले मार्गप्रशस्त नगरेसम्म हाम्रो आन्दोलन जारी रहन्छ ।’ उनले आन्दोलनका कारण सेवाप्रवाहमा कुनै पनि असर नपरेकोसमेत बताए । 

मन्त्रीको मान्छे नराख्दा सिइओ हटाउन खोजेको आरोप
कर्मचारी युनियनहरूले सिइओ शाक्यको कार्यक्षमतामा प्रश्न उठाएर आन्दोलन गरेको भने पनि खानेपानीमन्त्री उमाकान्त चौधरीले सिफारिस गरेका ९० जनालाई नियुक्ति नदिँदा समस्या उत्पन्न भएको बुझिएको छ । केयुकेएल स्रोतका अनुसार मन्त्री चौधरीका स्वकीय सचिव कृष्ण चौधरी र मन्त्रालयका उपसचिव शशि लम्साल ९० जनालाई करार सेवामा नियुक्ति दिन सूची नैै बोकेर तीन महिनाअघि मन्त्रालय पुगेका थिए । तर, सिइओ शाक्यले नियुक्ति नदिँदा मन्त्री चौधरीले कर्मचारी युनियनलाई उक्साएर आन्दोलन गर्न लगाएको केयुकेएल स्रोतले बतायो ।

केयुकेएल कर्मचारी संगठनका उपाध्यक्ष ओम ढकाल भने चार वर्षका लागि खुला प्रतिस्पर्धाबाट आएका सिइओलाई हटाउने कि के गर्ने भन्ने विषय सञ्चालक समितिको भएको बताउँछन् । कर्मचारीले आन्दोलन गरेर सिइओको राजीनामा माग्नु उपयुक्त नभएको उनले बताए । ‘खुला प्रतिस्पर्धाबाट छानिँदै गर्दा सिइओ सञ्चालक समितिलाई बिजनेस प्लान दिएर चार वर्षका लागि सम्झौता गरेर आएका हुन् । काम गर्नुभएको छ÷छैन, मूल्यांकन गर्ने काम सञ्चालक समितिको हो । समितिलाई सिइओले काम गरेको जस्तो लागेको छ भने निरन्तरता दिने र काम गरेको छैन भने निरन्तरता नदिने वा बर्खास्त गर्ने कुरालाई हाम्रो संगठनले मान्छ,’ ढकालले भने, ‘युनियनले राजीनामा माग्दैमा संस्था प्रमुखले राजीनामा दिँदै जाने हो भने यो शृंखला दोहोरिरहन्छ ।’

केयुकेएलका प्रवक्ता प्रकाश राई भन्छन्–आन्दोलनले कुनै पनि सेवा रोकिएको छैन 
कर्मचारीको आन्दोलनका कारण गत ५ असारमा केयुकेएलको ट्यांकरबाट वितरण हुँदै आएको पानी रोकियो । आन्दोलनका कारण सिइओले चेकमा हस्ताक्षर नगर्दा इन्धनको बिल चुक्ता हुन सकेन ।

जसकारण ट्यांकरबाट वितरण हुने पानी रोकियो । त्यसैगरी, केयुकेएल र ट्यांकर व्यवसायीले वितरण गर्ने खानेपानीमा झाडापखाला तथा हैजाजन्य जीवाणु (फिकल इकोलाई) भेटिएको छ । स्वास्थ्य कार्यालय काठमाडौंले मंगलबार र बुधबार पानीको नमुना परीक्षण गर्दा हैजाजन्य जीवाणु भेटिएको हो ।

तर, केयुकेएलका प्रवक्ता प्रकाश राई भने कर्मचारीका आन्दोलनका कारण सेवाप्रवाहमा कुनै पनि असर नपरेको दाबी गर्छन् । उनका अनुसार उपत्यकामा फैलिएको हैजालाई केन्द्रित गरेर हाइपोक्लोइड राखेर र पानी प्रशोधन गरेर मात्र वितरण गरिरहेको छ ।

‘चार कर्मचारी युनियन र चालक एसोसिएसन आन्दोलनमा छन् । हेड अफिसमा १ बजेसम्म घेराउ, सिइओ कार्यकक्ष प्रवेशमा निषेध गरिएको छ । तर, शाखा कार्यालयले गर्ने काम भइरहेका छन्,’ राईले भने ।
 

ad
ad