मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७९ असार २१ मंगलबार ०७:३५:००
Read Time : < 1 मिनेट
साहित्य प्रिन्ट संस्करण

विद्यालय शिक्षाकेन्द्रित ‘पढाइका कुरा’ सार्वजनिक

Read Time : < 1 मिनेट
२०७९ असार २१ मंगलबार ०७:३५:००

विद्यालय शिक्षा सुधारका विविध विषयमा केन्द्रित पुस्तक ‘पढाइका कुरा’ सार्वजनिक भएको छ । वी रिडले प्रकाशन गरेको पुस्तकमा नेपालको शैक्षणिक प्रणाली र चुनौती, अध्यापन शैली, परीक्षा टिप्स, नमुना विद्यालय बनाउने तरिका, शिक्षण सिकाइको प्रभाव, गुणस्तरीय शिक्षाका तरिका, सामुदायिक विद्यालयको अवस्थालगायत विषय समेटिएका छन् ।

गुणस्तरीय शिक्षाको चुनौती, सिकाइका महत्वपूर्ण विधि, शिक्षामा परिवारको भूमिका, विद्यार्थी कसरी पढाउने ? जस्ता विषयमा पनि पुस्तकले चर्चा गरेको छ । सबैले शिक्षा पाउने वातावरण सुनिश्चित हुनुपर्छ भन्ने अभिप्रायले जनचेतना र खबरदारीका लागि पुस्तक तयार पारेको प्रकाशन संस्थाले जनाएको छ । शिक्षक–अभिभावकको भूमिका, विद्यार्थीको तत्परता कति आवश्यक छ, गुणस्तरीय शिक्षा कसरी हासिल गर्न सकिन्छ भन्नेलगायत सन्दर्भलाई पुस्तकमा विशेष जोड दिइएको छ । ‘यहाँ समावेश विषयवस्तुले बहस सिर्जना गर्न सक्यो भने त्यो नै पुस्तकको ठूलो सफलता हुनेछ,’ लेखक मनवीर नेपालीले भने । 

जन मोडेल मावि वीरेन्द्रनगरबाट ०४८ सालमा प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरेका नेपालीले पछि सोही विद्यालयमा पढाउँदै अध्ययनलाई अगाडि बढाएका थिए । स्थायी रूपमा शिक्षण पेसामा अघि बढ्न नसकेपछि उनी शिक्षामा काम गर्ने विभिन्न संस्थामा जोडिए । सरकारले शिक्षामा राम्रा नीति ल्याए पनि, शिक्षक तालिममा लगानी गरे पनि त्यो ‘बालुवामा पानी’जस्तै भएको उनको ठम्याइ छ ।