१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार २० सोमबार
  • Monday, 01 July, 2024
नयाँ पत्रिका काठमाडौँ
२o७९ असार २० सोमबार १८:o७:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

नेप्से परिसूचक ९.७५ अंकले गिरावट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o७९ असार २० सोमबार १८:o७:oo

साताको पहिलो कारोबारको दिन उच्च अंकले बढेको नेप्से साताको दोस्रो कारोबारमा सामान्य गिरावट आएको छ। साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक ९.७५ अंक घटेर २०७६.६७ बिन्दुमा झरेको हो। 

त्यस्तै, सेन्सेटिभ इन्डेक्स २.६८ अंक, फ्लोट इन्डेक्स ०.४७ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.६८ अंक घटेको छ। सोमबार कारोबारमा आएका २३४ कम्पनीको १ करोड ९ लाख ८१ हजार कित्ता सेयर ४ अर्ब ३४ करोड ९२ लाख ७३ हजार रुपैयाँबराबरको खरिदबिक्री भएको छ। 

सोमबार नेप्से परिसूचकमा गिरावट आए पनि कारोबार रकममा भने उच्चवृद्धि भएको छ। आइतबार २ अर्ब ४८ करोड ४ लाख ७३ हजार ९९९ बराबरको काराेबार भएको थियो। सोमबार नेप्सेका १३ उपसमूहमध्ये ४ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ९ उपसमूहको परिसूचक घटेको छ। जसमा व्यापार उपसमूहको परिसूचक सर्वाधिक ५.१० प्रतिशत बढेको छ। अन्य उपसमूहको परिसूचकको १ प्रतिशतभन्दा कमले बढेका छन्। यता विकास बैंक, होटेल तथा पर्यटन र लघुवित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले गिरावट आएको छ।

ad
ad
ad
ad