१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार २० सोमबार
  • Saturday, 06 July, 2024
नयाँ पत्रिका काठमाडौँ
२o७९ असार २० सोमबार १७:४३:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

विश्वविद्यालयहरूमा तालाबन्दी हुन दिँदैनौँ : शिक्षामन्त्री

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o७९ असार २० सोमबार १७:४३:oo

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालयहरूमा तालाबन्दी लगाउने काम हुन नदिन सरकार सचेत रहेको बताएका छन्। मन्त्री पौडेलले विश्वविद्यालयहरूमा तालाबन्दी लगाउने काम सदाका लागि अन्त्य गर्न सरकारले समयमा परीक्षा लिने, परिणाम निकाल्ने र विद्यार्थीहरूले पठनपाठनसम्बन्धी उठाएका अन्य मागहरूको सम्बोधन गर्न गम्भीर छलफल र संवाद भइरहेको बताएका हुन्।

सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले विश्वविद्यालयहरूमा तालाबन्दी लगाउन नहुने विषयमा सांसदहरूले राखेको धारणा जायज रहेको प्रतिक्रियासमेत दिए। मन्त्री पौडेलले सांसदहरूले तालबन्दीको विरोध गरेपछि त्रिभुवन विश्वविद्यालयलगायतका विश्वविद्यालयहरूमा लगाइएको तालाबन्दी खुलेको पनि स्मरण गराए। 

उनले भने, ‘हामी अहिले रहेका कतिपय विश्वविद्यालयहरू बन्ने क्रममा छन् । र, चालू रहेका विश्वविद्यालयहरूलाई उहाँहरूको एक्ज्याम प्रणाली, परीक्षा निकाल्ने समय अवधि र त्यसलाई नियमन र नियमित गर्नको निम्ति हामी उहाँहरूसँग गम्भीर रूपमा छलफल, संवाद र कुराकानीमा छौँ र लामो समयपछि त्रिभुवन विश्वविद्यालयको तालाबन्दी पनि यसैसँग सम्बन्धित रहेर सदनमा नै यो विषयमा कुरा उठेको हुनाले कतिपय तालाबन्दी गर्ने पक्षलाई पनि नैतिक दबाब भएको हुनाले अहिले विश्वविद्यालयहरूमा तालाबन्दी छैन।’ 
 

ad
ad
ad
ad