१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १ मंगलबार o७:१९:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

बजार अनुगमनको पनि ‘अनुगमन’ गरिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार o७:१९:oo

सरकारले मूल्यवृद्धि, सार्वजनिक सेवा प्रवाह तथा गुणस्तरका विषयमा गरिने अनुगमनको पनि अनुगमन गर्ने भएको छ । केन्द्रीय अनुगमन तथा मूल्यांकन समितिले बजार अनुगमनको पनि अनुगमन गर्न राष्ट्रिय सतर्कता केन्द्रलाई निर्देशन दिएको हो ।

मुख्यसचिव शंकरदास वैरागी संयोजकत्वको केन्द्रीय अनुगमन तथा मूल्यांकन समितिको ६१औँ बैठकले गुणस्तरीय खानेपानी, फलफूल तथा खाद्य पदार्थ र सार्वजनिक यातायातको भाडालगायत अन्य सार्वजनिक सेवा प्रवाहको अनुगमनको पनि अनुगमन गरी सात दिनभित्र प्रतिवेदन पेस गर्न राष्ट्रिय सतर्कता केन्द्रलाई निर्देशन दिइएको छ ।

त्यस्तै, समितिले मूल्यवृद्धि यकिन गरी प्रतिवेदन तयार गर्ने निर्णय पनि गरेको छ । यसका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयोजकत्व रहने गरी गृह, कृषि तथा पशुपक्षी, अर्थ र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई जिम्मा दिइएको छ । समितिले मूल्यवृद्धि र अत्यावश्यक वस्तुको भण्डारण अवस्था यकिन गरी सात दिनभित्र प्रतिवेदन पेस गर्नेछ ।

ad
ad