Skip This
नेपालमा पनि देखियो कोरोनाको नयाँ प्रजाति
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
अर्जुन अधिकारी काठमाडाैं
२o८१ बैशाख २६ बुधबार o६:१o:oo
Read Time : > 1 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

नेपालमा पनि देखियो कोरोनाको नयाँ प्रजाति

धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको अनुवांशिक परीक्षणमा ‘बिए डट फाइभ’ पुष्टि

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार o६:१o:oo

नेपालमा पनि ओमिक्रोन भेरियन्टको नयाँ उपप्रजाति ‘बिए डट फाइभ’ पुष्टि भएको छ । धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको अनुवांशिक परीक्षण (जिन सिक्वेन्सिङ)मा ओमिक्रोनको उपप्रजाति ‘बिए डट फाइभ’ पुष्टि भएको प्रयोगशाला प्रमुख डा. राजीव श्रेष्ठले बताए ।तर, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले भने आफूलाई नयाँ उपप्रजाति भेटिएको औपचारिक जानकारी नभएको बताएको छ । ‘केयूले जिन सिक्वेन्सिङ गर्दा ‘बिए डट फाइभ’ पुष्टि भएको भन्ने अनौपचारिक रूपमा सुन्नमा आएको छ । हामीलाई आधिकारिक रूपमा कुनै जानकारी गराएको छैन,’ निर्देशक डा. रुना झाले भनिन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले जिआइएसएआइडी अनलाइनमा सार्वजनिक भएपछि मात्रै जानकारी पाएको निर्देशक झाको भनाइ छ । व्यक्तिगत अनुसन्धानमा गरिएका नमुनाको जिन सिक्वेन्सिङ जानकारी नगराई सीधै सार्वजनिक गरिएकोमा उनले असन्तुष्टि जनाइन् । केयूको प्रयोगशालामा कार्यरत कर्मचारीले नयाँ प्रजाति पुष्टि हुना साथ जिआइएसएआइडीमार्फत संसारभर हेर्न मिल्ने गरी सार्वजनिक गरेका थिए । स्रोतका अनुसार सानेपामा रहेको स्टार अस्पतालमा संकलन भएको नमुना धुलिखेल लगेर जिन सिक्वेन्सिङ गरिएको थियो । कसको नमुना हो भन्ने खुलाइएको छैन । 

केन्द्रीय प्रयोगशालाका अनुसार हालसम्म ओमिक्रोनको नयाँ उपप्रजाति बिए १.१, बिए २, बिए २.३, पछिल्लो समय नेपालमा बिए २.१.२, बिए ४, बिए ५ पुष्टि भइसकेको थियो । अहिले नेपालमा सोही बिए ५ देखिएको हो । अनुसन्धानकर्ता डा. सन्तोष दुलालका अनुसार नेपालमा हाल देखिएको ‘बिए डट फाइभ’ प्रजातिको भाइरस अफ्रिकामा पहिलोपटक २५ फेब्रुअरीमा देखिएको थियो । 

‘ओमिक्रोनको प्रजाति भएकाले संक्रमण बढाउँछ कि भन्नेमा विज्ञ सचेत छन् । तर, यसले गर्ने असर र ल्याउने जटिलताबारे कसैले आकलन गर्न सकेका छैनन्,’ डा. शेरबहादुर पुन भन्छन् । केस बढेको आधारमा उनीहरूको जटिलता हेरेर खोप लगाए–नलगाएको, रोगी भए–नभएकोजस्ता विभिन्न विषयमा केन्द्रित भएर अध्ययन गर्न आवश्यक भएको उनको बुझाइ छ । 

अफ्रिकाबाट सुरु भएको ‘बिए डट फाइभ’ प्रजाति हाल एक सय १० देशमा पुगेको छ । जर्मनी, पोर्चुगल, बेलायत र अमेरिकामा धेरै फैलिएको छ । छिमेकी देश भारतमा पनि ‘बिए डट फाइभ’का केसहरू देखिएको डा. दुलाल बताउँछन् । नेपालमा ढिलो पुष्टि हुनुमा हाम्रो सामान्य पिसिआरले नयाँ प्रजातिको एस जिन पत्ता लगाउन नसकेको पनि हुन सक्छ ।
पछिल्लो २४ घन्टामा देशमा ५३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । दुई हजार एक सय २० भन्दा बढी नमुना परीक्षण गर्दा उक्त संख्या थपिएको हो । यस अवधिमा २० जना मात्रै निको भएका छन् । हाल देशमा तीन सय ३३ सक्रिय संक्रमित रहेका छन् । 

ad
ad