मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार १९ आइतबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ असार १९ आइतबार o८:४६:oo
Read Time : < 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

बर्देवाले ल्याइन् ‘यो मुटुको धड्कन...’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असार १९ आइतबार o८:४६:oo

वरिष्ठ गायिका शर्मिला बर्देवाको ‘यो मुटुको धड्कनले...’ बोलको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । भिडियोको कोरियोग्राफी र निर्देशन प्रभु गुरुङले गरेका हुन् ।

बेलायतका विभिन्न स्थानमा खिचिएको भिडियोमा मोडलद्धय सलिना थापा मगर र सरोज केसीलाई प्रस्तुत गरिएको छ । बेलायत निवासी निर्देशक प्रभुले भिडियोमा प्रेमजोडीको सम्बन्धमा आउने आरोह–अवरोहलाई प्रस्तुत गरेका छन् ।

एसबी म्युजिक वल्र्डको प्रस्तुति रहेको गीतका निर्माता सरोज परियार हुन् भने कल्याण सिंहको कम्पोज छ । रवि मल्लले लेखेको गीतको भिडियोको छायांकन र सम्पादन सुमन श्रेष्ठले गरेका हुन् । गीतको मिक्सिङ प्रदीप जोशीले गरेका हुन् भने दिनेश श्रेष्ठको एरेन्ज छ ।