नेपाली फुटबलर नवयुग श्रेष्ठ र भरत खवास अमेरिकाको बाल्टिमोरमा सम्मानित भएका छन् । मेरिल्यान्डको स्टेट–१० का डेलिगेट डाक्टर जे जेलेसीले सम्मान गरेका हुन् ।
अमेरिकाको बाल्टिमोरमा हुन लागेको एनएसी फुटबल प्रतियोगितामा सहभागी जनाउन नवयुग र भरत बिहीबार अमेरिका पुगेका हुन् ।
प्रतियोगिताको आयोजक मेरिल्यान्ड एथ्लेटिक क्लबले नवयुग र भरतलाई नेपाली फुटबलमा पुर्याएको योगदानका लागि सम्मान गरेको हो ।