मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ असार १७ शुक्रबार
  • Tuesday, 15 July, 2025
२o७९ असार १७ शुक्रबार १९:४९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

धादिङको गल्छीमा बस दुर्घटना, ४१ जना घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ असार १७ शुक्रबार १९:४९:oo

पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका- ४ चिरौँदी पुल नजिकै बस दुर्घटना हुँदा चालकसहित ४१ जना घाइते भएका छन्।  काठमाडौंबाट राैतहटको गौरतर्फ जाँदै गरेको प्रदेश ३–०१–००५ ख–९७२९ नम्बरको बस शुक्रबार बिहान दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले बताए ।

डिएसपी भण्डारीका अनुसार बस अनियन्त्रित भई आफ्नै साइडको भित्तामा ठोक्कियो। बस पूरै नपल्टिए पनि स्पिडका कारण बढी घाइते भएका हुन्। दुर्घटनामा परी घाइते भएका २२ जनाको काठमाडाैंमा रहेको ट्रमा सेन्टरमा उपचार भइरहेको छ। सामान्य घाइते १४ जनाको गल्छीमा र ४ जनाको आदमघाटमा रहेको स्वास्थ्य संस्थामा उपचार भइरहेको उनले जानकारी दिए।