१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार १७ शुक्रबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७९ असार १७ शुक्रबार o८:५५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

जारको पानीमा कोलिफर्म, सावधानी अपनाउन निर्देशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ असार १७ शुक्रबार o८:५५:oo

सबैजसो खानेपानीमा हैजा र झाडापखालजन्य जीवाणु भेटिएपछि उमालेर मात्रै  पानी प्रयोग गर्न अनुरोध 

काठमाडौंमा बिक्रि वितरण हुने जारको पानीमा कोलिफर्म ब्याक्टेरिया भेटिएको छ ।  स्वास्थ्य कार्यालय काठमाडाैंका प्रमुख बसन्त अधिकारीका अनुसार जारको खानेपानीमा यसअघि नै कोलिफर्म ब्याक्टेरिया भेटिएको थियो । बुधबार नमुना परीक्षण गर्दा केही कम्पनीले वितरण गर्ने जारको पानीमा पनि हानिकारक जीवाणु भेटिएको छ।

यसबारे काठमाडौं महानगरलाई थप अनुगमन गर्न र खानेपानी वितरक कम्पनीलाई सावधानी अपनाउन स्वास्थ्यले अनुरोध गरेको छ । अहिले सबैजसो खानेपानीमा हैजा र झाडापखालजन्य जीवाणु भेटिएपछि उमालेर मात्रै प्रयोग गर्न अनुरोध गरिएको अधिकारीले बताए । 

‘उपत्यकामा ठूलो क्षेत्रलाई खानेपानी वितरण गर्दै आएको केयुकेएलको खानेपानीमा समेत हैजा र झाडापखालाको जीवाणु भेटिएको छ, समयमै सावधानी नअपनाए यसले भयावह अवस्था ल्याउन सक्छ,’ स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख अधिकारीले नयाँ पत्रिकासँग भने, ‘हामीले केयुकेएल, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र काठमाडौं महानगरपालिकालाई यसबारे सचेत हुन, पानीको शुद्धता मापन गर्न र जनचेतना फैलाउन आग्रह गरेका छौँ ।’