१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख ३१ सोमबार ११:११:oo
Read Time : < 1 मिनेट
ad
ad
साहित्य डिजिटल संस्करण

पद्मश्री साहित्य पुरस्कारका लागि उत्कृष्ट पन्ध्र पुस्तकको सूची सार्वजनिक 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार ११:११:oo

खेमलाल–हरिकला समाज कल्याण प्रतिष्ठानले उत्कृष्ट पुस्तकलाई प्रदान गर्दै आएको  पद्मश्री साहित्य पुरस्कारमा १५ पुस्तकको सूची सार्वजनिक भएको छ ।  प्रतिष्ठानले ०६३ देखि नेपाली साहित्यमा वर्षभरि प्रकाशित पुस्तकहरूमध्ये निर्णायकमण्डलको सुझावअनुसार उत्कृष्ट पुस्तकलाई पद्मश्री साहित्य पुरस्कार प्रदान गर्दै आएको छ ।

जीवा छामिछाने अध्यक्ष रहेको उक्त प्रतिष्ठानले उत्कृष्ट पुस्तक चयनका लागि  राम लोहनीको संयोजकत्वमा नयनराज पाण्डे र कुमारी लामालाई निर्णयक समितिमा राखेको थियो । ०७८ मा प्रकाशित पुस्तकहरूमध्ये प्रतिष्ठानमा एक सय ४४ पुस्तक प्राप्त भएका थिए। यीमध्येबाट पहिलो चरणको उत्कृष्ट विस्तारित सूचीको लागि निर्णायक समितिले प्रतिष्ठानलाई पन्ध्र कृति सिफारिस गरेकाे हो । 

जसमा डा. नवराज लम्सालको अग्नि, केशवराज ज्ञवालीको अर्काे भोर, दीनानाथ शर्माको एक सम्बोधन समयमाथि​​, राजवको काफ्काको काम सकियो​​,  कविता राईको गुरु, लोकराज भट्टको छाइल, दिलीप बान्तवाको ताल्चा, अलका आत्रेयको निनाद वल्लरी, राजेन्द्रमान डंगोलको पैतालामा हिउँ, आँखामा हिमाल, उषा हमालको भिक्षुसँग प्रेम​​​, डा. विप्लव ढकालको भोजपुरको वाङमय​​, वसन्त बस्नेतको महाभारा, दीपक पराजुलीको मिथ्या, केवल बिनाबीको यादहरूको संग्राहलय​​ र  गिरीश गिरीको  सत्यमोहन​​​  नामक पुस्तकको सूची सार्वजनिक भएको हो ।   

 

ad
ad