Skip This
एसपिपी सम्झौताको नयाँ ड्राफ्ट देखाउन सरकारलाई ओलीको चुनौती
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ असार १४ मंगलबार
  • Wednesday, 12 August, 2026
नयाँ पत्रिका काठमाडौँ
२o७९ असार १४ मंगलबार २o:३६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एसपिपी सम्झौताको नयाँ ड्राफ्ट देखाउन सरकारलाई ओलीको चुनौती

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o७९ असार १४ मंगलबार २o:३६:oo

नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एसपिपी सम्झौताको नयाँ ड्राफ्ट जनतालाई देखाउन सरकारलाई चुनौती दिएका छन्। मंगलबार काठमाडौंमा आयोजित जननेता मदन भण्डारीको ७१औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एसपिपीको सक्कली नयाँ ड्राफ्ट सार्वजनिक गर्न सरकारलाई चुनौती दिएका हुन् । 

अध्यक्ष ओलीले सरकारले नयाँ ड्राफ्ट ल्याएको र जनताले ठूलो दबाब दिएपछि केही समयका लागि मात्रै स्थगित गरेको आरोप लगाए । उनले जनदबाबको भेललाई शान्त पार्न स्थगित गरेको भने पनि दबाब क्रमशः घट्दै गएपछि पुनः एसपिपी सम्झौतामा लाग्ने बताए । 

अध्यक्ष ओलीले नेकपा (माआवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालप्रति लक्षित गर्दै आफूले बचाएको गफ दिएर राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा ढाँट्ने काम गरिरहेको बताए । उनले अध्यक्ष प्रचण्डले केपी ओलीको कार्यकालमा एसपिपी ल्याएको भन्ने कुरा फट्याँइबाहेक अरू नभएको बताए। अध्यक्ष ओलीले गल्ती भए स्विकार्न मिल्ने तर झुटो बोल्दै नहिँड्नसमेत उनलाई चेतावनी दिए।