१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ असार १४ मंगलबार १८:४३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भाडाको कोठामा अनलाइन जुवा, ११ तन्नेरी एकैसाथ पक्राउ

Read Time : < 1 मिनेट
२०७९ असार १४ मंगलबार १८:४३:००

प्रहरीले अनलाइन जुवा खेल्ने ११ जनालाई एकैसाथ पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौँडामा कोठामा भाडामा लिई अनलाइन जुवा खेल्ने ११ जनालाई सोमबार हेटौँडा उपमहानगरपालिका– ४ स्थित कमलडाँडाबाट पक्राउ गरेको हो ।

सोमबार पक्राउ परेका उनीहरूलाई आज प्रहरीले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ । कमलडाँडामा डेरी गरी बस्ने कुलदीप पाठकको कोठामा अनलाइन जुवा खेलिरहेको अवस्थामा ११ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको हो । 

विशेष सूचनाको आधारमा प्रहरी कार्यालयबाट खटिएको टोलीले हेटौँडा– ९ लामसुरे बस्ने २३ वर्षीय निशान आचार्य, हेटौँडा– ४ कमलडाँडाका २४ वर्षीय राजीव गौतम, हेटौँडा– १४ चुरियामाईका २४ वर्षीय निमा थिङ, हेटौँडा– १२, पदमपोखरीका २३ वर्षीय विकास बल, मनहरी– ४, मसिनेका २० वर्षीय जोसिल खत्री, गोरखा पालुङटार– ७ का २२ वर्षीय डुलास तामाङ, २१ वर्षीय तिकमान तामाङ, अमोश तामाङ र बारा निजगढ– ४ का २० वर्षीय अर्पण खड्कालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी टेकबहादुर कार्कीले जानकारी दिए । 

प्रहरीले उनीहरूको साथबाट अनलाइन जुवा खेल्न प्रयोग भएका विभिन्न कम्पनीका एक सय १० थान मोबाइल, तीन थान ल्यापटप, पाँच थान कम्युटर र नगद एक लाख ४५ हजार ७५ रुपैयाँसमेत बरामद गरेको छ । डिएसपी कार्कीका अनुसार कोठावाला कुलदीप पाठक भने फरार छन् । उनको खोजी भइरहेको र घटनाबारे अनुसन्धान सुरु गरिएको छ । मकवानपुरमा पहिलोपटक अनलाइन जुवा खेल्ने जुवाडे पक्राउ गरिएको प्रहरीको दाबी छ ।