निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ श्रावण ३० सोमबार
  • Monday, 15 August, 2022
२०७९ असार १४ मंगलबार १५:१२:००
Read Time : > 2 मिनेट
ब्लग डिजिटल संस्करण

मदन भण्डारीको विचारलाई ओली नेतृत्वको एमालेले जिस्क्याएको यो समय

Read Time : > 2 मिनेट
२०७९ असार १४ मंगलबार १५:१२:००

आज एमालेका तत्कालीन महासचिव मदन भण्डारीको ७१औँ जन्मजयन्ती। एमाले नेता, कार्यकर्ताले मदन भण्डारीलाई  श्रद्धासुमन व्यक्त गर्दै आफ्ना फेसबुक रंग्याएका छन्। उनको जन्मजयन्ती होस् वा मृत्युको दिनलाई सम्झिएर मनाइने मदन–आश्रित दिवस, खास यी दिनमा एमाले कार्यकर्ताले उनलाई धेरै सम्झन्छन्। जुन कुरा सामाजिक सञ्जालमा देखिएको छ।

मदन भण्डारी मेरा प्रिय नेतामध्येका हुन्। उनका बारेमा लेखिएका पुस्तक, लेख प्रायः नछुटाई पढ्छु। उनीसँग जोडिएका केही कार्यक्रमका तस्बिरको संकलन मसँग पनि छ। ल्यापटपमा उनीसँग सम्बन्धित केही तस्बिर हेर्दै गर्दा २०७८ वैशाख ८ गते बुधबार आफैँले खिचेको दासढुंगाको तस्बिरले मेरो ध्यान तान्यो, जहाँ नेकपा एमालेका वर्तमान अध्यक्ष (केपी ओली)  र उनका अनुयायीले मदनलाई जिस्क्याइरहेका थिए।

सालिक हुँदै राम–सीताको मूर्ति लगिँदै

‘जननेता’ मदनकुमार भण्डारी भन्थे– हाम्रा देवता भनेका नबोल्ने ढुंगाका देवता होइनन्, जीवित र बोल्ने जनता हुन्। निमुखा, भोका, गरिब, असहाय र न्याय नपाएका जनताको सेवा र पूजा कम्युनिस्टको मूल कर्तव्य हो। गरिब जनताबाट लिइएको करबाट मन्दिरमा गजुर थप्ने र यज्ञ लगाउने राजा–महाराजाहरू हाम्रा प्रमुख शत्रु हुन्। भौतिकवादी पनि भएका नाताले हाम्रो लडाइँ तिनै धर्मभिरु र शोषकहरूविरुद्ध हो।

तर, त्यही पार्टीका वर्तमान अध्यक्ष कमरेड केपी ओलीले स्वस्तिवाचन गरी बग्गी, रथसहितको कलशयात्रामा पाँच सय सवारीसाधनको शोभायात्रासहित आफ्नै खर्चमा राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति बनाएर माडीको अयोध्यापुरी पठाएका थिए। 

मेरो ध्यान तानेको दासढुंगाको तस्बिरको कथा यहाँ जोडिन्छ। ०५० जेठ ३ गते चितवनको दासढुंगामा रहस्यमय दुर्घटनामा भण्डारीको ‘मृत्यु’ भएको थियो। यो ‘दुर्घटना’ संयोग थियो वा सुनियोजित थियो भन्ने तीन दशक पुग्न लाग्दासमेत यकिन भएको छैन। यसबीचमा उनको पार्टी एमाले पटकपटक सरकारमा पुगेको छ। कार्यकारी नभए पनि मदनकी पत्नी विद्यादेवी भण्डारी अहिले राष्ट्रपति छिन्।

बहुदलीय जनवादका व्याख्याता भण्डारीसँगै त्यसै पार्टीका अर्का नेता जीवराज आश्रितको पनि सो दुर्घटनामा मृत्यु भएको थियो। आश्रितको गाडीमै शव भेटिएको थियो भने भण्डारीको घटनास्थलदेखि अलि तल नारायणी नदी किनारमा तीन दिनपछि शव भेटिएको थियो। घटनाको छानबिन गर्न धेरै आयोग बने पनि कसैले यकिन गर्न सकेनन् या चाहेनन्। दासढुंगामा दिवंगत दुई नेताको सालिकसहितको पार्क छ। भण्डारी र आश्रितको सालिकअघिबाटै ओलीले ढुंगाका मूर्तिहरू माडी लैजाँदै गर्दा मैले सो तस्बिर खिचेको थिएँ। यो हेर्दा लाग्छ ओली र उनका अनुयायीका यस्ता व्यवहारले साँच्चै मदन–आश्रितलाई जिस्क्याएको छ।

कोभिड महामारीको त्यो समयमा ओलीले मन्दिरमा गजुर थप्ने र यज्ञ लगाउने, सरकारी खर्चमा मन्दिर स्थापना गर्ने काममा जोड दिए। मदन भण्डारी यसलाई राजा–महाराजाहरूको काम मान्थे। भण्डारीकै माथिको वाक्यलाई आधार मान्ने हो भने यस्ता काम गर्ने महाराजा शैलीका ओली कम्युनिस्टहरूका प्रमुख शत्रु भएनन् र !

मूर्तिहरू पठाउनु केही समयअघि मात्र ओली नेतृत्वको सरकारले मूर्ति स्थापना गरेको वडाका कुसुमखोलानिवासी चेपाङका घरमा हात्ती लगाउने र आगो सल्काउने काम गरेर बस्ती ध्वंस बनाएको थियो। यसबीचमा ओलीले आफू पुग्न नपाएका ‘धार्मिक कार्यक्रम’मा सन्देश पठाए। दुईपटक आफैँ माडी पुगे, तर कुसुमखोला क्षेत्रमा ०५३ सालदेखि बस्दै आएका चेपाङ परिवारबारे केही बोलेनन्। ती चेपाङसँग भेट पनि गरेनन्। ती गरिब चेपाङका झुप्रा हेर्न वामपन्थी नेताको मनले मानेन वा उनले हेर्नै चाहेनन्।

घर जलाइएपछि पीडित माडी नगरपालिका–९ कुसुमखोलाका चेपाङ

मदन भण्डारीको जीवनशैली आमनागरिकसरह थियो। उनी साइकलमा हिँड्थे रे। तर, उनकी  श्रीमती अहिले १६ करोडको गाडीमा कुद्छिन्। उनका पार्टीका नेताहरूमाथि लागेको भ्रष्टाचारको आरोपको सूची निकै लामो छ। मदन भण्डारी स्मृति प्रतिष्ठानको नाममा अहिले जिल्ला तहमा संगठन निर्माण गरेर ‘मिनी पार्टी’का रूपमा हुर्काइएको छ। तर, उनको विचार र सिद्धान्त एमालेले हुर्काउन सकेन। ‘निमुखा जनताको घरमा आगो लगाएर मन्दिरमा अगरबत्ती बाल्दा भगवान् खुसी हुन्छन्’ भन्ने सिद्धान्त बोकेर जनताको बहुदलीय जनवाद (जबज)को नाम बेचेर कहिलेसम्म राजनीति गर्ने कमरेड ?