मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असार १४ मंगलबार ०६:१३:००
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

नयाँ लोगोसहित महिन्द्राको ‘अल–न्यु स्कर्पियो–एन’ नेपालमा सार्वजनिक

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असार १४ मंगलबार ०६:१३:००

महिन्द्रा एन्ड महिन्द्रा लिमिटेडले एसयुभी सेग्मेन्टको ‘अल–न्यु स्कर्पियो–एन’ नेपालमा अनावरण गरेको छ । कार्यदक्षता, प्रविधि, क्षमता र नवीन आविष्कारको संयोजन रहेको अल–न्यु स्कर्पियो–एनले महिन्द्राको प्रामाणिक एसयुभी डिएनको विरासत जीवित राख्दै अत्याधुनिक ड्राइभिङ अनुभव प्याकेज प्रदान गर्ने कम्पनीले जानकारी दिएको छ । अल–न्यु स्कर्पियो–एनलाई यसको प्रभावशाली उपस्थिति, हेड–टर्निङ डिजाइन, कमान्डिङ ड्राइभिङ पोजिसन र राम्रोसँग सजावट गरिएको भित्री साजसज्जासहित पुनः परिभाषित गरी डि–सेगमेन्ट एसयुभी श्रेणीमा डिजाइन गरिएको कम्पनीको दाबी छ । कम्पनीले आफ्नो प्रामाणिक एसयुभी प्रतिज्ञा पूरा गर्दै, यसले रोमाञ्चक ड्राइभिङ अनुभवका लागि उच्च प्रदर्शन र साहसिक क्षमताहरू प्रदान गर्ने जनाएको छ । 

अल–न्यु स्कर्पियो–एनको सुरुवातले महिन्द्राको नयाँ भिजुअल आइडेन्टीको अनावरणलाई संकेत गर्ने र कम्पनीको एसयुभी पोर्टफोलियोलाई फरक तुल्याउन नयाँ लोगो राखिएको कम्पनीले जनाएको छ । ‘ट्विनपिक’ लोगोले नयाँ युगको स्वामित्व अनुभव प्रदान गर्न डिजाइन गरिएको नयाँ युगको उत्पादनलाई प्रतिनिधित्व गर्ने कम्पनीले जनाएको छ । 

यो गाडी इटालीको पिनिनफेरिना र महिन्द्रा इन्डिया डिजाइन स्टुडियो (एमआइडिएस), मुम्बईमा डिजाइन गरिएको र संयुक्त राज्य अमेरिकाको महिन्द्रा नर्थ अमेरिकन टेक्निकल सेन्टर (एमआरभी) र चेन्नईमा विशेषज्ञ टिमहरूद्वारा इन्जिनियरिङ गरिएको तथा पुणेको अत्याधुनिक सुविधामा निर्मित रहेकाले वैश्विक उत्पादन भएको कम्पनीले उल्लेख गरेको छ । 
नयाँ गाडी सार्वजनिक गर्दै एम एन्ड एम लिमिटेड, अटोमोटिभ डिभिजनका अध्यक्ष विजय नाकराले भारतसँगै दक्षिण अफ्रिका र नेपालमा अल–न्यु स्कर्पियो–एन एकैसाथ अनावरण गरिएको बताए । यो गाडी यस वर्ष नेपालमा ल्याउने योजना बनाइएको एसयुभीको शृंखलामध्ये पहिलो भएको उनको भनाइ थियो । उनले भने, ‘यो नयाँ ‘ट्विनपिक्स लोगो’ बोक्ने पहिलो एसयुभी पनि हो । यो नयाँ ब्रान्ड पहिचान परिष्कृत र प्रामाणिक एसयुभीहरूको निर्माता बन्ने महिन्द्राको रणनीतिअनुरूप छ ।’ 

नेपालका लागि आधिकारिक विक्रेता अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठले महिन्द्रासँगको सम्बन्ध तीन दशकभन्दा लामो भएकाले आफू गौरवान्वित भएको बताए । स्कर्पियो ब्रान्डले गत दुई दशकमा नेपालमा प्रतिष्ठित ब्रान्डका रूपमा आफूलाई स्थापित गरेको उनको भनाइ थियो ।  उनले भने, ‘यसले गर्व, सम्मान र उपस्थिति दर्साउँछ, जसलाई हराउन गाह्रो छ । नयाँ अल–न्यु स्कर्पियो–एनले नेपालको एसयुभी–स्वामित्व अनुभवलाई पुनः परिभाषित गर्ने प्रतिज्ञा गरेको छ । भारतको शुभारम्भसँगै नेपालमा पनि अल–न्यु स्कर्पियो–एन प्रस्तुत गर्न पाएकोमा हामी गौरवान्वित छौँ ।’ 

 यस्ता छन् विशेषता
यो गाडीलाई नयाँ तेस्रो पिँढीको बडी–अन–फ्रेम प्लेटफर्ममा निर्माण गरिएको छ । यसले संरचनात्मक कठोरता, अफ–रोड क्षमता र उदाहरणीय अन–रोड सुविधा दिने कम्पनीको भनाइ छ । यसमा जसमा १४९.१४ किलोवाट (२०० पिएस) शक्ति र ३८० एनएम टर्क उत्पादन क्षमताको टिजिडीआई एमस्टालियन (पेट्रोल) इन्जिन रहेको छ । त्यस्तै, १२८.६ किलोवाट (१७५ पिएस) शक्ति र ४०० एनएम टकको एमहक (डिजेल) इन्जिनयुक्त गाडी पनि सँगै बजारमा छ । दुवै गाडी म्यानुअल र अटोमेटिक ६ स्पिड ट्रान्समिसन र फोरह्विल ड्राइभ विकल्पसहित रहेको जनाइएको छ । 

त्यस्तै, द स्कर्पियो–एनमा रहेको सिग्नेचर ह्विलआर्चहरू पौडीबाज व्यक्तिको पुष्ट रूपरेखा (सिन्युल सिल्हुट)बाट प्रेरणा लिँदै अझ बढी आकर्षक मांसपेशीयुक्त (मस्कुलर) बनाइएको कम्पनीको दाबी छ । यसमा कफी–ब्ल्याक लेथरेट अपहोल्स्ट्री, उत्कृष्ट कमान्ड सिट पोजिसन, बलियो मेटल फिनिस्ड डुअल रेलमा घेरिएको सेन्टर कन्सोल, उन्नत इन्फोटेनमेन्ट प्रणाली र थप सुविधा रहेको जनाइएको छ । गतिशील क्षमता र आश्वासनदायी ह्यान्डलिङ क्षमताहरूको उल्लेखनीय स्तर प्रस्ताव गर्न नवीनतम पुस्ताको बडी–अन–फ्रेम संरचनालाई अनुकूलन गरिएको कम्पनीले जनाएको छ । यसबाहेक, आत्मविश्वासपूर्ण सवारी सञ्चालन र ह्यान्डलिङ विशेषता प्रदान गर्न पेन्टा–लिंक रियर सस्पेन्सनयुक्त सेगमेन्ट–फस्र्ट वाट्स  लिंक प्रणाली रहेकाले यो श्रेणीमा रहेको गाडीका लागि स्टेरिङ सेटअप उल्लेखनीय रूपमा सहज र प्रतिक्रियाशील हुने कम्पनीले जनाएको छ । चारवटै डिस्क ब्रेकले आनन्ददायी, तर सुरक्षित ड्राइभ सुनिश्चित गर्ने कम्पनीको दाबी छ ।