मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ असार १४ मंगलबार
  • Friday, 11 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७९ असार १४ मंगलबार o८:१९:oo
Read Time : < 1 मिनेट
साहित्य डिजिटल संस्करण

अनेसास उपाध्यक्षमा डा. सोलुको उम्मेदवारी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ असार १४ मंगलबार o८:१९:oo

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को केन्द्रीय कार्यसमितिको उपाध्यक्षमा  रेनुका थापा ‘सोलु’ले उम्मेदवारी घोषणा गरेकी छिन् । अनेसास नेपाल च्याप्टर सदस्य, उपाध्यक्ष हुँदै केन्द्रीय सदस्य रहँदै गर्दा जे–जसो योगदान गर्न सकेँ या सकिनँ, त्यसकै मूल्यांकन गरेर  मत दिनुहोस् भन्दै थापाले केन्द्रीय उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेकी हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘म यसो गर्छु त्यसो गर्छु भन्दिनँ, अहिलेसम्म संस्थाका लागि अनि नेपाली भाषा–साहित्यका लागि अनेसास नेपाल च्याप्टर सदस्य, उपाध्यक्ष हुँदै केन्द्रीय सदस्य रहँदै गर्दा जे–जसो योगदान गर्न सकेँ या सकिनँ, त्यसकै मूल्यांकन गरेर  मत दिनुहोस् । हजुरको मतको कदर गर्दै आगामी कार्यकालमा पनि उसैगरी सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्दछु। म बोलीमा भन्दा काममा विश्वास गर्न मन पराउने मान्छे, अनि अहिले बोलेरभन्दा पनि त्यतिवेला  हजुरसमक्ष मेरा गतिविधिका परिणाम लिएर उपस्थित हुनेछु,अहिलेलाई भने हजुरको अमूल्य मतको अपेक्षामा छु ।’

अनेसासको नयाँ नेतृत्व चयनका लागि यही असार २५ गते निर्वाचन हुँदै छ । निर्वाचनमा विश्वभर छरिएर रहेका अनेसास च्याप्टरका सदस्यले अनलाइन भोटिङ गरेर नयाँ नेतृत्व चुन्नेछन् ।