१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार १३ सोमबार
  • Wednesday, 26 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ असार १३ सोमबार o९:o७:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

सिफलमा निःशुल्क दन्त शिविर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असार १३ सोमबार o९:o७:oo

काठमाडौं महानगरपालिका वडा नम्बर ७ को सिफलमा निःशुल्क दन्त स्वास्थ्य शिविर सञ्चालन भएको छ । ओम समाज डेन्टल हस्पिटलको सहयोगमा सिफलका स्थानीय बासिन्दाले उक्त शिविर सञ्चालन गरेका हुन् । 

स्थानीय समाजसेवी सुमन महतको अध्यक्षतामा भएको शिविरमा तीन सयभन्दा बढी व्यक्तिको दन्त परीक्षण गरिएको स्थानीय बासिन्दा डिके सिंहले बताए । शिविरमा आएकामध्ये धेरैजसोको दाँतमा किरा लाग्ने समस्या देखिएको उनको भनाइ छ । शिविरमै निःशुल्क दाँत सफा गरिएको र माइक्रो ल्याब नामक कम्पनीको सौजन्यमा प्राप्त औषधि पनि निःशुल्क वितरण गरिएको सिंहले जानकारी दिए । 

शिविर सञ्चालनका क्रममा नजिकै रहेको बाल व्यवसायी केन्द्रमा रहेका ७० जनाभन्दा बढी अनाथ बालबालिकाको पनि दन्त परीक्षण गरिएको थियो । स्वास्थ्यका कारण शिविरमा आउन नसकेका बालबालिकालाई बाल व्यवसायी केन्द्रमै गएर परीक्षण गरिएको सिंहले जानकारी दिए ।

ad
ad
ad
ad