१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार १२ आइतबार
  • Wednesday, 26 June, 2024
दीपक भट्ट रामेछाप
२o७९ असार १२ आइतबार १२:o९:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

कर्मचारी अभाव हुँदा सेवा प्रवाहमा समस्या 

Read Time : < 1 मिनेट
दीपक भट्ट, रामेछाप
नयाँ पत्रिका
२o७९ असार १२ आइतबार १२:o९:oo

रामेछापको दोरम्बा–शैलुङ गाउँपालिकामा कर्मचारी अभाव हुँदा कार्यालयको काम प्रभावित हुँदै आएको छ । स्थानीय तहको निर्वाचनपश्चात् प्रमुख प्रशासकीय अधिकृत र अन्य फाँटका कर्मचारी सरुवा भएर अन्यत्र गएसँगै कार्यालयको काम प्रभावित भएको हो । 

कार्यालयमा हाल २१ जना कर्मचारीको दरबन्दी रिक्त रहेको छ । प्रमुख प्रशासकीय अधिकृत एकजना, प्रशासनतर्फ छैटाैँ अधिकृत एकजना, पाँचौँ अधिकृत दुईजना, चौथो तहमा एकजना कर्मचारीको पद रिक्त रहेको छ । 

त्यसैगरी, प्राविधिक फाँटतर्फ प्राविधिक इन्जिनियर एकजना, सहायक इन्जिनियर एकजना र सबइन्जिनियर चारजनाको दरबन्दी रिक्त रहेको छ । त्यस्तै, कृषि शाखातर्फ कृषि सहायक चारजना, पशु शाखातर्फ पशु शाखा अधिकृत एकजना, पशु सहायक चारजना र स्वास्थ्य शाखातर्फ १ जनाको दरबन्दी रिक्त रहेको छ । 

कार्यालयमा कर्मचारी अभाव हुँदा कार्यालयबाट प्रवाह हुँदै आएको सेवा प्रभावित भएको दोरम्बा–शैलुङ गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नरेशकुमार महतोले जानकारी दिए । ‘कर्मचारी नहुँदा नागरिकको काममा समस्या भएपछि एउटा फाँटको कर्मचारीलाई उक्त फाँटको काम सकिएपछि पुनः अर्को फाँटमा खटाएर काम काज चलाउँदै आएका छौँ,’ उनले भने ।

कर्मचारीको आवश्यक व्यवस्थापनका लागि प्रदेश र संघीय सरकारमा परिपत्र गरिएको पनि अधिकृत महतोले बताए । 
 

ad
ad
ad
ad