मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असार १२ आइतबार ०९:३९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बागमती प्रदेश सभा बैठक बस्दै, बजेटमाथि छलफल हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असार १२ आइतबार ०९:३९:००

बागमती प्रदेश सभाको बैठक आज दिउँसो  २ बजे बस्ने भएको छ  । प्रदेश सभा सचिवालयका सचिव कृष्णहरि खड्काले आज बस्ने बैठकमा यही  असार १ गते प्रदेश सरकारको तर्फबाट आगामी आर्थिक वर्ष ०७९–८० का लागि प्रस्तुत भएको बजेटमाथि छलफल हुने बताए । 

प्रदेश सभा बैठक बस्नुअघि कार्य व्यवस्था परामर्श समितिको बैठक पनि मध्याह्न १२ बजे बस्दै छ ।  प्रदेश सभा बैठकमा प्रमुख प्रतिपक्ष नेकपा एमालेको तर्फबाट सरकारले प्रस्तुत गरेको आवको बजेटमाथि संशोधन गरियोस् भनी प्रस्ताव दर्ता गर्ने प्रदेश सभा सदस्य रामेश्वर फुँयालले जानकारी दिए ।

प्रदेश सरकारले आगामी आवका लागि कुल ७० अर्ब ९३ करोड अनुमानित बजेट सार्वजनिक गरेको छ । सार्वजनिक कुल बजेटमध्ये चालूतर्फ १९ अर्ब दुई करोड, पुँजीगततर्फ ४१ अर्ब ५६ करोड, वित्तीय हस्तान्तरणतर्फ आठ अर्ब र वित्तीय व्यवस्थापनतर्फ  दुई अर्ब बजेट विनियोजन गरिएको छ ।