Skip This
रामबाबुसँग काम गर्दै विपिन, अहिलेसम्मकै फरक भूमिकामा देखिने
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २८ शुक्रबार
  • Friday, 10 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २८ शुक्रबार १६:४५:oo
Read Time : < 1 मिनेट
ad
ad
सप्तरंग डिजिटल संस्करण

रामबाबुसँग काम गर्दै विपिन, अहिलेसम्मकै फरक भूमिकामा देखिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २८ शुक्रबार १६:४५:oo

रामबाबु गुरुङले निर्देशन गर्न लागेको नयाँ फिल्ममा अभिनेता विपिन कार्की अनुबन्धित भएका छन्। बिहीबार यशोध फिल्म्ससँग अभिनेता कार्कीले लिखित सहमति गरेका हुन्। गुरुङको निर्देशनमा बन्न लागेको फिल्ममा अभिनेता कार्कीले पहिलोपटक काम गर्न लागेका हुन्।

फिल्मको आधिकारिक नाम घोषणा नभए पनि आफू सो फिल्ममा शीर्ष भूमिकामा काम गर्न लागेको अभिनेता कार्कीले बताए। निर्देशक गुरुङसँग काम गर्न पाउनुलाई उनले महत्वपूर्ण अवसरका रूपमा उल्लेख गरे। ‘रामदाइसँग पहिलोपटक काम गर्दै छु। उहाँ मेरो अभिभावकजस्तै हो। उहाँले मलाई विश्वास गर्नुभएको छ,’ कार्कीले भने, ‘फिल्ममा मेरो लागि ‘च्यालेन्जिङ रोल’ छ। उहाँको विश्वास पूरा गर्न मलाई च्यालेन्जिङ छ। यो फिल्ममा मैले अहिलेसम्म नगरेको ‘रोल’ गर्दै छु।’

आफू अनुबन्धित भए पनि अभिनेता कार्कीले फिल्मका लागि अन्य कलाकार अनुबन्धित हुन बाँकी रहेको जानकारी दिए। पूर्वी इलाममा छायांकन गर्ने भनिएको फिल्मको निर्माता मनीष ढाकाल हुन्।

ad
ad