मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
Invalid date format १५:४o:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

नेप्से परिसूचक १३ अंकले बढ्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १५:४o:oo

नेप्से परिसूचक शुक्रबार सामान्य अंकले वृद्धि भएको छ। नेप्से १३.७८ अंकले बढेर एक हजार आठ सय ६२.०६ बिन्दुमा पुगेको छ। यस्तै, सेन्सेटिभ इन्डेक्स २.८१ अंक बढेको छ भने फ्लोट इन्डेक्स १.१८ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स १.३८ अंकले बढेको छ।

आज कारोबारमा आएका २२३ कम्पनीको ३५ लाख ४१ हजार पाँच सय ३७ कित्ता सेयर एक अर्ब १५ करोड १२ लाख रुपैयाँ बराबरमा खरिदबिक्री भएको छ। कारोबार रकममा भने अघिल्लो दिनको तुलनामा कमी आएको छ।

नेप्सेका १३ उपसमूहमध्ये म्युच्युअल फन्डबाहेक अन्य सबै उपसमूहको सूचक बढेको छ। फाइनान्स उपसमूहको सूचक सर्वाधिक १.९१ प्रतिशतले बढेको छ भने म्युचुअल फन्ड उपसमूहको सूचक ०.६७ प्रतिशतले घटेको छ।

आज कारोबारमा आएका ङादी ग्रुप पावर कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ भने सिवाइसी नेपालको सेयरमूल्य पनि ८.२१ प्रतिशतले बढेको छ। यता आँधीखोला लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य भने ७.८८ प्रतिशतले घटेको छ।

कारोबार रकमको आधारमा आठ करोड ६३ लाख रुपैयाँबराबरको सेयर कारोबार गरेर कुमारी बैंक शीर्ष स्थानमा रहेको छ।