मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ असार ९ बिहीबार ०९:०७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु 

Read Time : < 1 मिनेट
२०७९ असार ९ बिहीबार ०९:०७:००

भक्तपुरको आदर्श चोकनजिक आज बिहान टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा एकजना भक्तपुर नगरपालिका– २ ब्याँसीका १९ वर्षीय निश्चल चौगुठी रहेको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए । मृत्यु भएका अर्का पुरुषको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।

भक्तपुरको आदर्श चोकनजिक सूर्यविनायक चोकबाट जगातीतर्फ जाँदै गरेको बा.७९प ७८७६ नम्बरको मोटरसाइकललाई जगातीबाट सूर्यविनायक चोकतर्फ आउँदै गरेको बा.४ख ५२९८ नम्बरको टिपरले आज बिहान २ बजे ठक्कर दिएको हो ।

गम्भीर घाइते दुवैजनालाई उपचारका लागि भक्तपुर अस्पताल लगिएको थियो । उनीहरूको उपचारका क्रममा मृत्यु भएको पाण्डेले बताए । टिपरचालक दोलखाको मेलुङ गाउँपालिका– ३ घर भई हाल काठमाडौंको सुकेधारा बस्ने ३५ वर्षीय धनबहादुर थोकरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।