मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार ८ बुधबार
  • Tuesday, 17 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ असार ८ बुधबार १७:३१:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

ह्वावे र आइसिटीद्वारा आयोजित ‘ह्वावे डिजिटल नेपाल कन्क्लेभ’सम्पन्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असार ८ बुधबार १७:३१:oo

ह्वावे र आइसिटी फाउन्डेसनद्वारा आयोजित ‘ह्वावे डिजिटल नेपाल कन्क्लेभ’ २०२२ सम्पन्न भएको छ। नेपालमा सूचना प्रविधिको क्षेत्रको विकास, विस्तार, नीतिगत सुधार र हालको अवस्थाको विश्लेषणसहित उक्त दुईदिने कार्यक्रम सम्पन्न भएको हो। सोल्टी होटेलमा असार ४ र ५ गते आयोजना गरिएको उक्त कार्यक्रममा डिजिटल नेपालसम्बन्धी विभिन्न ५ वटा योजनासम्बन्धी छलफल भएको थियो। दुईदिने कार्यक्रममा दशवटा भन्दा बढी सेसनहरू सञ्चालन भएका थिए।

कन्क्लेभको उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुनले गरेका थिए। सूचना प्रविधि तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलगायतको उपस्थिति रहेको उक्त कार्यक्रममा डिजिटल नेपालसम्बन्धी विभिन्न व्यक्तिले आ–आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्याल, आइसिटीविज्ञ मनोहर भट्टराई र बैंकर अनिलकेशरी शाहले त्यससम्बन्धी आफ्नो योजना प्रस्तुत गरेका थिए। 

कार्यक्रममा ह्वावे सिंगापुरबाट इन्डस्ट्री एक्पर्ट प्याट्रिक लो, ओपन नेटवर्कका जिएम डा.पल्लब शाह, अमेरिकाबाट पारास्कोमा इंकमा केन एयरहर्टलगायतले किनोट प्रस्तुत गरेका थिए। कार्यक्रममा डिजिटल स्किल, ट्यालेन्ट पुल एन्ड डिजिटल वर्कफोर्स फर डिजिटल नेपाल सेसनमा छलफल भएको थियो। त्यस्तै, इमर्जिङ टेक्नोलोजिज फर डिजिटल ट्रान्सफरमेसन, साइबर सेक्युरिटी र डिजिटल आन्टरप्रेनरसिपसम्बन्धी सेसनहरू सञ्चालन गरिएको थियो।

कार्यक्रममा डिजिटल नेपालसम्बन्धी केही प्रदर्शनी स्टलसमेत राखिएको थियो। ह्वावेले ‘लाइटिङ अप द फ्युचर’ नाममा फाइभजीलगायत नयाँ प्रविधिहरू प्रदर्शनीमा राखेको थियो। यो डिजिटल नेपालको फ्रेमवर्कका रूपमा रहेको आइसिटी फाउन्डेसनका अध्यक्ष राजन लम्सालले बताए। उनका अनुसार सातै प्रदेशलाई कसरी डिजिटल प्रणालीमा लैजाने र प्रयोगमा ल्याउने भन्नेबारे पनि छलफल भएको थियो।