मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असार ५ आइतबार १३:०३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

आइजिपी र एआइजी बढुवा विवाद : कामु प्रधानन्यायाधीश कार्की र न्यायाधीश चुडालको इजलासमा सुनुवाइ जारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असार ५ आइतबार १३:०३:००

प्रहरी महानिरीक्षक (आइजिपी) र अतिरिक्त महानिरीक्षक (एआइजी) बढुवा विवादको मुद्दामा सर्वोच्चमा सुनुवाइ भइरहेको छ।

धीरजप्रताप सिंहलाई महानिरीक्षक बनाउने सरकारको निर्णयविरुद्ध एआइजी विश्वराज पोखरेलले दायर गरेको रिट र एआइजी बढुवाविरुद्ध तत्कालीन प्रहरी नायब महानिरीक्षक (डिआइजी)हरू प्रकाशजंग कार्की, घनश्याम अर्याल र ईश्वरबाबु कार्कीले दायर गरेको रिटमाथि सुनुवाइ भइरहेको हो। 

छुट्टाछुट्टै दायर भएका चार रिटलाई सर्वोच्चले लगाबमा राखेर एकसाथ सुनुवाइ गरेको छ। रिटमाथि कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा सुनुवाइ भइरहेको छ।