१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार ४ शनिबार
  • Thursday, 03 July, 2025
नयाँ पत्रिका काभ्रेपलान्चोक
२o७९ असार ४ शनिबार १८:१o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

स्थानीय निर्वाचनको परिणामबाट झस्किएर गठबन्धन फुटाउने प्रयास गरियो : नेता सिंह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काभ्रेपलान्चोक
नयाँ पत्रिका
२o७९ असार ४ शनिबार १८:१o:oo

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले स्थानीय निर्वाचनको परिणामपछि झस्किएर गठबन्धन फुटाउने  प्रयास सुरु भएको  बताएका छन्। शनिबार काभ्रेको बनेपामा कांग्रेस बनेपा नगर समितिले आयोजना गरेको कार्यक्रममा नेता सिंहले स्थानीय निर्वाचनको परिणामपछि आत्तिएको शक्ति गठबन्धन फुटाउने खेलमा लागेको बताए।

उनले संविधानमाथि पटक-पटक प्रहार भएकाले कांग्रेस नेतृत्वमा संविधान जोगाउन परिस्थितिले गठबन्धन गर्नुपरेको र गठबन्धन गर्दा केही स्थान छाड्नुपरेको बताए। कांग्रेसले केही जित्ने स्थानसमेत छाड्नुपर्दा गठबन्धनका कारण अवसर नपाएका नेता-कार्यकर्ताको उचित मूल्यांकन हुनुपर्ने भन्दै उनले संविधान जोगाउन गरिएको गठबन्धनका कारण सिर्जित बाध्यकारी अवस्थाबारे बुझिदिन आग्रह पनि गरे।

नेता सिंहले अहिले एसपिपीका विषयमा हुँदै नभएको विषय उचालेर कांग्रेसमाथि प्रहार भइरहेको जिकिर गरे। विपक्षी दलले आफू सत्तामा हुँदा पत्र लेखेर अहिले एपिपीको नाममा गठबन्धन फुटाउन खोजेको उनको आरोप छ।