१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार १ बुधबार
  • Tuesday, 02 July, 2024
२o७९ असार १ बुधबार १६:४२:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

डोजरचालक फरार भएपछि गगनको परिवार थप पीडामा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ असार १ बुधबार १६:४२:oo

मुसिकोट नगरपालिका– २ का १४ वर्षीय गगन रायमाझीको मृत्यु भएको एक हप्ता भएको छ । गगनको परिवार काजकिरियामा छन् । गगन घरबाट विद्यालय निस्केको पाँच मिनेट नहुँदै डोजरले फालेको ढुंगाले लागेर २६ जेठमा मृत्यु भएको थियो । उनी मुिसकोट नगरपालिका– ३ को पृथ्वी माविमा कक्षा नाैमा पढ्थे । 

हुर्केको एक्लो छोरा गुमाउँदा परिवार पीडामा छ । परिवारमा कसैका आँखा ओभाएका छैनन् ।  चालक फरार भएपछि बुबाआमामा छोराको पीडामाथि न्याय नपाउने चिन्ता थपिएको छ । ‘प्रहरीले अहिलेसम्म चालक पक्राउ नगर्दा मनमा पीडासँगै शंका उत्पन्न भएको छ । प्रहरीमा लाइसेन्स भएको चालक आउने र कारबाही कम हुने षड्यन्त्र हुँदै छ,’ गगनका बुबा हरिबहादुर रायमाझीले भने, ‘दोषीलाई कडा कारबाही हुनुपर्छ ।’

विनासूचना डोजर चलाउने चालक शेरबहादुर विक अझै फरार छन् । उनको सवारीचालक अनुमतिपत्र पनि नभएको परिवारको दाबी छ । प्रहरीले सूर्य कन्स्ट्रक्सनका निर्माण व्यवसायी बोमबहादुर भाटलाई र लु.२क ९४६७ नम्बरको डोजर नियन्त्रणमा लिएको छ । 

जिल्ला प्रहरी कार्यालय गुल्मीमा प्रमुख प्रहरी उपरीक्षक भीमबहादुर दाहालले आफूहरू निरन्तर अनुसन्धानमा भएकाले केही दिनमै चालक पक्राउ पर्ने बताए ।

ad
ad
ad
ad