१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १३:११:oo
Read Time : < 1 मिनेट
ad
ad
निर्वाचन डिजिटल संस्करण

जिल्ला समन्वय समिति गुल्मीमा गठबन्धनको प्यानल नै विजयी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १३:११:oo

जिल्ला समन्वय समिति गुल्मीमा गठबन्धनको प्यानल नै विजयी भएको छ । जिल्ला समन्वय समिति प्रमुखमा गठबन्धनको तर्फबाट कांग्रेसका दोर्णबहादुर खत्री विजयी भएका छन् । उनले एमालेका युवराज न्यौपानेलाई पराजित गरे । खत्रीको १५ र न्यौपानेको मत नौ रहेको छ ।

उपप्रमुखमा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका तेजेन्द्र सलामी विजयी भए । उनले १५ र पराजित एमालेकी रमादेवी पुनले नौ मत प्राप्त गरेकी छिन् । सदस्यमा महेश्वर भण्डारी,  शेरबहादुर विक, सुनिता जिसी कुँवर, शेरबहादुर कुँवर, सावित्रा भण्डारी, वीरबहादुर कार्की र नरमाया राना निर्वाचित भएका छन् ।

एमालेको तर्फबाट सदस्यमा पीताम्बर अर्याल, कृष्णप्रसाद भण्डारी, ज्ञानप्रसाद श्रेष्ठ, सागर नेपाली, ममता सुनार आत्रेय, कल्पना अधिकारी र विमला पन्थी पराजित भएका छन् । समन्वय समितिका लागि शतप्रतिशत अर्थात् २४ मत खसेको थियो ।

ad
ad