१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७९ जेठ ३१ मंगलबार १७:०८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

२७ वर्षदेखि बेपत्ता परियारको प्रहरीको पहलमा भारतबाट उद्धार

Read Time : < 1 मिनेट
२०७९ जेठ ३१ मंगलबार १७:०८:००

पछिल्लो २७ वर्षदेखि बेपत्ता रहेका लमजुङको राइनास नगरपालिका– ८ तार्कुघाटका ४४ वर्षीय किसान परियारलाई लमजुङ प्रहरीले भारतबाट उद्धार गरेको छ। कामको सिलसिलामा भारत गएका परियार बेपत्ता भएका थिए। 

बेपत्ता भएपश्चात् आफन्तहरूले आफ्नै तवरले खोजतलास गरे पनि प्रहरीमा भने उजुर गरेका थिएनन्। परियारको खोजी कार्यका लागि जेठ ९ गते जिल्ला प्रहरी कार्यालय लमजुङमा प्राप्त भएको निवेदनको आधारमा प्रहरीले खोजतलास सुरु गरेको थियो।

नयाँ दिल्लीस्थित नेपाली राजदूतावास, प्रहरी प्रधान कार्यालय, मानव बेचबिखन तथा अनुसन्धान ब्युरो काठमाडाैं, भारतीय प्रहरी, आफन्त नेपाल र परिवारसँगको आपसी सहयोग र समन्वयमा परियारको उद्धार गरिएको लमजुङका प्रहरी प्रमुख डिएसपी कृष्णबहादुर कार्कीले जानकारी दिए।  परियारलाई उत्तर प्रदेश  जिल्ला मेहरमपुर गाउँबाट जेठ १८ गते उद्धार गरी नेपाल ल्याइएको हो। परियारलाई आफन्तको जिम्मा लगाइएको कार्कीको भनाइ छ।

२७ वर्षसम्म बेपत्ता भएका आफ्ना आफन्तलाई पाउँदा परिवारमा खुसियाली छाएको छ भने परियार पनि आफन्तलाई भेट्दा अत्यन्त खुसी भएको स्थानीय बिमला परियार बताउँछ्नि्।