मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ जेठ २४ मंगलबार
  • Monday, 21 July, 2025
गणेश लम्साल विराटनगर
२o७९ जेठ २४ मंगलबार १८:३४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रदेश १ मा समन्वय परिषद् गठन

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o७९ जेठ २४ मंगलबार १८:३४:oo

प्रदेश १ सरकारले स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिलाई मनोनयन गरेर प्रदेश समन्वय परिषद् गठन गरेको छ । प्रदेश १ सरकारका मुख्यमन्त्री राजेन्द्र राईले प्रदेशका १४ वटै जिल्लाबाट एक–एकजना जनप्रतिनिधि मनोनीत गरी नयाँ समन्वय समिति गठन गरेका हुन् । 

मनोनीत समन्वय समितिको पहिलो बैठक मंगलबार विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको छ । बैठकले ‘बैठक सञ्चालन कार्यविधि’ स्वीकृत गरेको छ । बैठकले समन्वय परिषद्का सदस्यहरूले प्रदेश सरकारको आगामी आर्थिक वर्षका लागि २५ जेठमा प्रदेश सभामा प्रस्तुत हुने नीति तथा कार्यक्रमका सम्बन्धमा पनि आफ्नो राय सुझाव दिएका छन् । 

प्रदेशमा मुख्यमन्त्रीकोे अध्यक्षतामा प्रदेश समन्वय परिषद् गठन हुने कानुनी व्यवस्था छ । परिषदमा हरेक जिल्लाबाट एकजना स्थानीय तहका प्रमुख वा उपप्रमुख, जिल्ला समन्वय समितिका प्रमुख वा उपप्रमुखमध्येबाट मनोनीत हुनेछन् । 

परिषदमा प्रदेशस्थित आर्थिक मामिला तथा योजना र आन्तरिक मामिला तथा कानुनमन्त्री पदेन सदस्य रहन्छन् । समन्वय समितिले प्रदेश सरकार र स्थानीय सरकारबीच विकासका कामहरूमा साझेदारी गर्न, बजेट कार्यान्वयन गराउन र नीति निर्माण गराउन आवश्यक सुझाव लिने र दिने गर्छ । 

प्रदेश समन्वय परिषदमा मनोनीत हुने जनप्रतिनिधिहरूमा विराटनगर महानगरपालिका मोरङका प्रमुख नागेश कोइराला, सूर्योदय नगरपालिका इलामका प्रमुख रनबहादुर राई, ऐँसेलुखर्क गाउँपालिका खोटाङका अध्यक्ष गिरेन्द्रबहादुर राई, साल्पासिलिछो गाउँपालिका भोजपुरका अध्यक्ष दौलथकुमार कलुङ राई, खिजिदेम्बा गाउँपालिका ओखलढुंगााका अध्यक्ष गम्बु शेर्पा, उदयपुर गढी गाउँपालिका उदयपुरका अध्यक्ष मानबहादुर केप्छाकी मगर, इटहरी उपमहानगरपालिका सुनसरीकी उपप्रमुख संगीताकुमारी चौधरी, छथर जोरपाटी गाउँपालिका धनकुटाकी उपाध्यक्ष गीता गुरुङ, फाल्गुनन्द गाउँपालिका पाँचथरका उपाध्यक्ष सविता राई र मेरिङदेन गाउँपालिका, ताप्लेजुङका उपाध्यक्ष दुर्गाप्रसाद श्रेङ चङवाङ  छन् ।