१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ २३ सोमबार
  • Saturday, 28 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ जेठ २३ सोमबार १४:१o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

तत्काल रक्षामन्त्री नियुक्तिको सम्भावना छैन : कांग्रेस

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ जेठ २३ सोमबार १४:१o:oo

नेपाली कांग्रेसले पाँच महिनादेखि रिक्त रहेको रक्षामन्त्री नियुक्तिमा कुनै तयारी गरेको छैन। प्रवक्ता डा. प्रकाशशरण महतले कांग्रेसले रक्षामन्त्रीमा नियुक्तिको कुनै तयारी नरहेको जानकारी दिए।

‘हामीले यसबारे कुनै निर्णय लिएका छैनौँ। तत्काल नियुक्ति हुने सम्भावना छैन,’ उनले नयाँ पत्रिकासँग भने। यसअघि रक्षामन्त्री रहेका डा. मीनेन्द्र रिजालले पुस १ मा पदबाट राजीनामा दिएका  थिए। त्यसयता मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शेरबहादुर देउवाले नै सम्हाल्दै आएका छन्। कांग्रेसको १४औँ महाधिवेशनमा महामन्त्रीमा पराजित भएपछि रिजालले पदबाट राजीनामा दिएका थिए।

एकीकृत समाजवादीले पार्टीका तर्फबाट मन्त्री बनेकाहरूलाई फिर्ता बोलाएर नयाँ नाम पठाएको छ। साे पार्टीले मन्त्री हेरफेर गरेसँगै कांग्रेसकाे कोटामा परेको रक्षा मन्त्रालयमा मन्त्री नियुक्ति गर्ने चर्चा चलिरहँदा कांग्रेसले यस्तो प्रतिक्रिया दिएको हो।