Skip This
Skip This
निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ असार १४ मंगलबार
  • Tuesday, 28 June, 2022
एजेन्सी
२०७९ जेठ १९ बिहीबार ०८:२२:००
Read Time : > 2 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

सम्भव छ संसारबाट लामखुट्टे समूल नष्ट

Read Time : > 2 मिनेट
एजेन्सी
२०७९ जेठ १९ बिहीबार ०८:२२:००

लामखुट्टेले बर्सेनि लाखौँ मानिसलाई विभिन्न रोग सार्ने गर्छ । ती रोगले ठूलो संख्यामा मानिसको मृत्युसमेत हुन्छ । यही कारण संसारबाट लामखुट्टे हटाउन पो सकिन्छ भन्ने प्रश्नमाथि धेरै पहिलेदेखि बहस हुँदै आएको छ । के यस्तो गर्न सम्भव छ ? यदि छ भने यस दिशामा कुनै कदम चालिएको पो छ कि ? यस्तो कदम सम्भव नै देखियो भने पनि कार्यान्वयन गर्नु कत्तिको उचित हुन्छ ? 

वैज्ञानिक टोभी लेहम्यान र उनको टोलीले वर्षौंदेखि अफ्रिकी मुलुक मालीमा लामखुट्टेमाथि अध्ययन गरिरहेका छन् । लामखुट्टेबारे जति धेरै जानकारी प्राप्त भयो, त्यति नै नियन्त्रण गर्न सहज हुने उनको ठम्याइ छ । ‘लामखुट्टेको अन्डा, लार्भा र प्युपा पानीविना केही दिन पनि जीवित रहँदैन । सैद्धान्तिक रूपमा, जमेको पानीविना लामखुट्टेको विनाश हुन्छ,’ टोभीले भने ।

‘आकारमा सानो हुने भए पनि लामखुट्टेले लामो दूरी यात्रा गर्न सक्ने अध्ययनले देखायो । पोथी लामखुट्टेहरू विकसित अन्डासहित टाढा–टाढासम्म उड्ने गरेको पाइयो । यसको मतलब लामखुट्टेले धेरै क्षेत्रमा मलेरियाजस्ता रोग फैलाउन सक्छन् । अर्थात् मलेरिया उन्मूलन भइसकेको स्थानमा समेत ढिलोचाँडो लामखुट्टेले पुनः फैलाउन सक्छ,’ टोभीले भने । 

अध्ययनका आधारमा अफ्रिकी महादेशजस्तो विशाल क्षेत्रबाट लामखुट्टेलाई पूर्णतया निर्मूल पार्न असम्भव रहेको टोभी बताउँछन् । तर, सबै वैज्ञानिक यसमा सहमत छैनन् । इम्पेरियल कलेज लन्डनकी प्रोफेसर एन्ड्रे क्रिसेन्टी इटालीस्थित एक अनुसन्धान केन्द्रमा लामखुट्टेमाथि विभिन्न प्रयोग गरिरहेकी छिन् । अनुसन्धान केन्द्रले आनुवंशिक रूपमा परिमार्जित लामखुट्टेहरू निर्माण गर्ने प्रयास गरिरहेको छ । आनुवंशिक परिमार्जन लामखुट्टे नियन्त्रणका लागि सबैभन्दा उत्तम विकल्प मान्छन्, प्रोफेसर एन्ड्रे । 

यस प्रविधिमार्फत लामखुट्टेको जिनोममा परिवर्तन ल्याएर तिनको सम्पूर्ण प्रजाति नै नष्ट गर्न सकिने उनले बताए । लेम्यान भन्छन्, ‘हामीले गर्ने जेनेटिक परिवर्तनले सैद्धान्तिक रूपमा पोथी लामखुट्टेको प्रजनन क्षमतालाई बदलिदिन्छ । त्यसपछि पोथीले पुस्ता दरपुस्तासम्म भाले लामखुट्टेलाई मात्र जन्माउँछ । समयक्रममा यस्तो बिन्दु आइपुग्छ, जहाँ प्रजातिहरू फैलाउन सक्ने पोथी लामखुट्टे नै भटिँदैनन् । प्रयोगशालाभित्र भएका कामले वास्तविक संसारमा पनि काम गर्ने सम्भावना देखाएको छ ।’

एन्ड्रेजस्ता वैज्ञानिकलाई यो प्रविधिमा विश्वास छ भने यसलाई किन कार्यान्वयन गर्न लागिरहेका छैनन् ? एन्ड्रे भन्छन्, ‘जुन देश यो प्रविधि प्रयोग गर्न चाहन्छ, तिनीहरूसँग यसका लागि कानुन छैन । उनीहरूसँग यो प्रविधि लागू गर्ने सीप पनि छैन । यो प्रविधि प्रयोगमा ल्याउन पहिला यसबारे जानकारी गराएर सहमति लिनुपर्छ । अर्थात् यो कार्यान्वयन गर्न राजनीतिक इच्छाशक्तिको आवश्यकता पर्छ ।’लामखुट्टेलाई साँच्चै पूर्ण रूपमा निर्मूल गर्न सकिन्छ भने पनि अर्को प्रश्न आउँछ, यस्तो कार्य गर्नु कत्तिको उचित हुन्छ ? किनकि एक त सबै लामखुट्टे घातक हुँदैनन् र अर्को कुनै प्रजाति समूल नष्ट गर्नु जैविक वा नैतिक रूपमा कत्तिको उचित ठहरिन्छ ? 

पर्यावरणविद् डा. हैदर फर्गुसन ग्लासगो विश्वविद्यालयको इन्स्टिच्युट अफ बायोडाइभर्सिटी एनिमल हेल्थ एन्ड कम्पेरिटिभ मेडिसिनकी अध्यापक हुन् । उनी आफूलाई कम्तीमा तीन हजार प्रजातिका लामखुट्टेबारे जानकारी रहेको बताउँछिन् । डा. हैदरका अनुसार कतिपय लामखुट्टेले टोक्दैनन् । कतिपय त मानिस वा अन्य जीवनको वरिपरि आउन पनि मन पराउँदैनन् । संसारमा तिनको आफ्नै महत्व रहेको उनको दाबी छ । 

‘रेन फरेस्टका लामखुट्टे अन्य जीवका लागि खानाका स्रोत हुन् । तिनीहरू खाद्य शृंखलाद्वारा अन्य जीवसँग जोडिएका हुन्छन् । चराचुरुंगी, चमेरा, माकुरा र भ्यागुताले तिनलाई खाएर बाँचिरहेका हुन्छन् । साना लार्भाहरू माछा र अन्य जलीय जीवहरूका लागि मुख्य खाद्यस्रोत हुन्छन् । तिनीहरू आफैँले पनि ब्याक्टेरियाहरू खान्छन् । त्यसैले तिनीहरू पारिस्थितिक प्रणालीको महत्वपूर्ण भाग भएर रहेका छन्,’ डा. हैदरले भनिन् । 

यति भन्दाभन्दै पनि डा. हैदरले मानवबस्ती वरपर बस्ने एडिस प्रजाति लामखुट्टेलाई निर्मूल पार्नु उचित हुने बताइन् । यसले प्राकृतिक सन्तुलन खलबलिँदैन भन्ने प्रश्नमा डा. हैदर भन्छिन्, ‘हामी खेतबारीका किरा रसायन प्रयोग गरेर मारिरहेका हुन्छौँ । तर, धनी देशमा बस्ने केही मानिस प्रकृतिमाथिको हस्तक्षेप हुने भएकाले लामखुट्टेलाई नियन्त्रण गर्न नहुने भनिरहेका हुन्छन् । त्यस्तो विचार राख्नेहरूलाई यिनै लामखुट्टेले सार्ने रोगका कारण विपन्न देशका लाखौँ बालबालिका, युवा र विपन्नको ज्यान गइरहेकोतर्फ हेर्न आग्रह गर्छु ।’

दर्शनशास्त्रभित्र ‘पर्यावरण दर्शनशास्त्र तथा नैतिकता’को खासा सुरु गराउनेमध्ये एक जे. बेयर्ड क्यालिकटले ४० वर्षदेखि नैतिकताको दायरा मानव समुदायभन्दा बृहत्तर बनाउनुपर्ने वकालत गर्दै आएका छन् । उनी पनि लामखुट्टेको कुनै प्रजातिको समूल नष्ट गर्नु नैतिकताविरुद्ध नहुने बताउँछन् । यसलाई उनी आत्मरक्षामा शत्रुको ज्यान गएको रूपमा बुझ्नुपर्ने बताउँछन् । यसका लागि उनले लामखुट्टेले सार्ने रोगबाट हुने मृत्युलाई ख्याल गर्न सुझाए । जस्तो अहिले नै लामखुट्टेले सार्ने मलेरियाकै कारण हरेक वर्ष करिब पाँच लाख मानिसको ज्यान जाने गर्छ, जसमध्ये धेरै बालबच्चा हुन्छन् । अरू थप रोगबाट झन् धेरैको ज्यान गइरहेको छ ।