१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
२o८१ बैशाख २३ आइतबार १८:२७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

अब मौसम ठीक भए पनि इनरुटमा उडान अनुमति अनिवार्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १८:२७:oo

यसअघि इनरुटमा फ्लाइट गर्दा मौसमी अवस्थाबारेमा एयरलाइन्स कम्पनी आफैँले निर्णय लिन सक्थे । त्यस्तो फ्लाइटमा पाइलटलाई समेत मौसमबारे निर्णय लिने अधिकारी हुन्थ्यो। तर, अब भने इनरुटमा उडान गर्दा एयरलाइन्सहरूले नेपाल नागरिक उड्डयन प्राधिकरणसँग अनुमति लिनुपर्नेछ। 

प्राधिकरणले उक्त नियमबारेको निर्णय मंगलबार गरेको हो। प्राधिकरणका उप महानिर्देशक देवचन्द्रलाल कर्णले अब मौसमको बारेमा प्राधिकरणसँग अनुमति लिएर मात्रै उडान गर्न पाउने बताए। 

उनका अनुसार यो नियम इनरुटमा मात्रै लागू हुनेछ। ‘यसअघि एयरलाइन्स वा पाइटलको कमान्डमा थियो, अब पाइलटले मौसम ठीक भए पनि इनरुटमा उडान गर्न पाउँदैनन्,’ उडान गर्नुअघि प्राधिकरणसँग अनिवार्य अनुमति लिनुपर्नेछ।’ उनका अनुसार प्राधिकरणमा एपिएफ रिपोर्टिङ कार्यालय राखिएको छ । उक्त प्राविधिक टिमले मौसमको अनुमति दिनेछ।

ad
ad