१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ १७ मंगलबार
  • Sunday, 11 May, 2025
२o७९ जेठ १७ मंगलबार ११:४९:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

गंगा दशहरामा लाग्ने गोसाइँकुण्ड मेला सुरु

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ जेठ १७ मंगलबार ११:४९:oo

रसुवाको धार्मिक तथा पवित्र तीर्थस्थल गोसाइँकुण्डमा लाग्ने गंगा दशहरा मेला सुरु भएको छ । हरेक वर्ष ज्येष्ठ प्रतिपदादेखि  ज्येष्ठ शुक्ल दशमीका दिनसम्म गोसाइँकुण्डमा लाग्ने गंगा दशहरा मेला यो वर्ष पनि सुरु भएको हो । 

यो वर्षको गंगा दशहरा मेला मंगलबारदेखि सुरु भएको छ । मेला जेठ २६ गते दशमीका दिनसम्म लाग्नेछ । अघिल्लो वर्षहरूमा कोरोना महामारीका कारण प्रभावित भएको मेला यो वर्ष भने सञ्चालन हुने गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमले बताए । मेला सुरु भएसँगै तीर्थयात्रीहरूको आवागमन सुरु भएको छ । अहिले दैनिक ३० जनाभन्दा बढी मेला भर्न आइरहेको बताइएको छ । 

कोभिड– १९ को जोखिम कम भएको र गोसाइँकुण्ड पुग्ने पदमार्गमा पनि कुनै समस्या नभएको कारण यसपटक मेला सञ्चालन हुने भएको हो । मेला १० दिनसम्म सञ्चालन हुनेछ । पौराणिक कथनअनुसार परापूर्वकालमा देवता र दानवबीच लडाइँ हुँदा समुद्र मन्थनबाट उत्पन्न कालकुट विष सेवन गरी विषको डाह शान्त पार्न हिमालय खण्डको काखमा आई गोसाइँबाबा भगवान् शिव शंकरले आफ्नो हातमा भएको त्रिशूलले भित्तामा हिर्काउँदा भित्ताबाट गंगाजल अर्थात् त्रिशूल धाराको उत्पत्ति भई त्रिशूल धाराको पानीबाट गोसाइँकुण्डको उत्पत्ति भएको भन्ने किंबदन्ती रहेको पाइन्छ ।  कुण्डमा स्नान गरइ गोसाइँबाबाब भगवान् शिवको दर्शन गर्नाले जीवनभर गरेको पापबाट मुक्ति पाउने, पितृ तर्नुको साथै आफूले चित्ताएको सबै मनोकांक्षाहरू पूरा हुने जनविश्वासका साथ बर्सेनि हजारौैँ भक्तजन कुण्डमा स्नान गर्न आउने गर्दछन् ।

जिल्लाको पर्यटकीय तथा पवित्र धार्मिक तीर्थस्थल गोसाइँकुण्डमा स्वदेश तथा विदेशबाट बर्सेनि हजारौँ तीर्थयात्री आउने गरेका छन् । काठमाडौंको गोंगबु बसपार्कबाट नुवाकोटको त्रिशूली हुँदै रसुवाको सदरमुकाम धुन्चे आइपुग्न सकिन्छ भने दुई दिनको पैदलयात्रापछि चन्दनबारी हुँदै गोसाइँकुण्ड पुग्न सकिन्छ । एक सय आठ कुण्ड रहेको रसुवा जिल्लामा बर्सेनि हजारौँको संख्यामा तीर्थालु भक्तजन आउने गरेका छन् । समुद्री सतहदेखि चार हजार तीन सय ८० मिटरको उचाइमा रहेको गोसाइँकुण्ड सन् २००७ सेप्टेम्बरमा रामसार सूचीमा समेत सूचीकृत छ । गोसाइँकुण्ड गाउँपालिका– ५ मा अवस्थित गोसाइँकुण्डमा हरेक वर्षको गंगादशहरा र जनैपूर्णिमामा गरी दुईपटक मेला लाग्ने गर्दछ ।