Skip This
धम्क्याएर सात करोड रकम मागेको आरोपमा पत्रकारसहित सातजना पक्राउ 
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ जेठ १३ शुक्रबार
  • Tuesday, 11 August, 2026
नयाँ पत्रिका काठमाडाैं
२o७९ जेठ १३ शुक्रबार १८:२९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

धम्क्याएर सात करोड रकम मागेको आरोपमा पत्रकारसहित सातजना पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ जेठ १३ शुक्रबार १८:२९:oo

धम्क्याएर सात करोड रकम मागेको आरोपमा ६ पत्रकारसहित सातजनालाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको छ।  

पक्राउ पर्नेहरूमा काठमाडौं गोठाटार बस्ने उदयपुर त्रियुगा नगरपालिका–१० ठेगाना भएका २१ वर्षीय सुजन आचार्य, काठमाडौं बुढानीलकण्ठ बस्ने कालिकोट सान्नी त्रिवेणी गाउँपालिका–८ ठेगाना भएका २९ वर्षीय टेक विक,  काठमाडौं कोटेश्वर बस्ने बझाङ खप्तडछान्ना गाउँपालिका–७ ठेगाना भएका २९ वर्षीय धर्मराज थापा, काठमाडौं काँडाघारी बस्ने काभ्रे तेमाल गाउँपालिका- २ ठेगाना भएका ३३ वर्षीय उमेश भण्डारी, काठमाडौं रातोपुल बस्ने गुल्मी धुर्कोट गाउँपालिका–२ ठेगाना भएका २९ वर्षीया वसन्ता खनाल, काठमाडौं सिनामंगल बस्ने चितवन भरतपुर महानगरपालिका–११ ठेगाना भएका ३२ वर्षीय सुरज शर्मा र काठमाडौं सिनामंगल बस्ने काठमाडौं महानगरपालिका–९ ठेगाना भएका ३३ वर्षीय श्रवण कार्की रहेका छन्।

पक्राउ परेकामध्ये ६ जना सञ्चारकर्मी हुन्। उनीहरूले पीडितबाट उक्त रूपैयाँ माग गरेको भन्ने सूचना प्राप्त हुनासाथ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले पक्राउ गरेको हो। योजनाबद्ध तरिकाले पीडितलाई पटक–पटक फोन गरी तथा प्रत्यक्ष भेटी डर, धम्की तथा त्रास देखाई सात करोड रूपैयाँ माग गरेको अभियोगमा सातजनालाई काठमाडौंका विभिन्न स्थानहरूबाट बिहीबार प्रहरीले पक्राउ गरेको हो। 

उनीहरूउपर आपराधिक लाभ मुद्दामा थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।