नेकपा (एमाले)ले शनिबार वसन्तपुरबाट विजय र्याली निकाल्ने भएको छ। एमाले काठमाडौं महानगर कमिटीका अनुसार काठमाडौं महानगरपालिकामा निर्वाचित जनप्रतिनिधिको सहभागितामा विजय र्याली निकाल्न लागिएको हो।
र्यालीमा काठमाडौं महानगरपालिकाबाट निर्वाचित उपमेयर सुनिता डंगोलसहित १२ वडामा निर्वाचित वडाध्यक्ष र सदस्यमा विजयी जनप्रतिनिधिको सहभागिता रहनेछ। काठमाडौं महानगर कमिटीका अध्यक्ष निर्मल देउलाले शनिबार बिहान ११ बजे वसन्तपुरबाट बाजागाजासहित विजय र्यली निकाल्ने तयारी भएको जानकारी दिए।