मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७९ जेठ ११ बुधबार १७:१३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ट्रयाक्टर दुर्घटनामा एकको मृत्यु

Read Time : < 1 मिनेट
२०७९ जेठ ११ बुधबार १७:१३:००

अछामको पञ्चदेवल विनायक नगरपालिकामा ट्रयाक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । पञ्चदेवल विनायक नगरपालिका–१ कुइकाका अमरनाथ धमलाको मृत्यु भएको प्रहरीले जनाएको छ । 

पञ्चदेवल विनायक नगरपालिका– १ बाट मलामी बोकेर गएको भे १ त ८९३७ नम्बरको ट्रयाक्टर वडा नम्बर ४ कालिकास्थानको टोट्सालस्थित मध्यपहाडी लोकमार्गमा दुर्घटना हुँदा ट्रलीमा बसेकाहरू दुर्घटनामा परेको प्रहरीले जनाएको छ । 

दुर्घटनामा अन्य २४ जना घाइते भएका छन् । घाइते सबैको अवस्था खतरामुक्त रहेको प्रहरीले बताएको छ ।