![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/jagat-lama2022-05-25-08-35-21.jpeg)
बेलकोटगढी नगरपालिकाका नवनिर्वाचित मेयर जगतबहादुर गुरुङले नगरपालिकाभित्रका स्वास्थ्य चौकीहरूका लागि सातवटा एम्बुलेन्स उपलब्ध गराउने पहिलो निर्णय गरेका छन् ।
मंगलबार पदभार ग्रहण गर्दै मेयर गुरुङले आफ्नो पहिलो प्राथमिकता स्वास्थ्यमा भएकाले एम्बुलेन्स खरिदका लागि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सोही निर्णय समावेश गरी बजेट व्यवस्था गर्ने बताए ।
त्यस्तै, उनले ज्येष्ठ नागरिक, बालबालिका, अशक्त र असहायका लागि निःशुल्क एम्बुलेन्स सेवाको सुरुवात गर्नेसमेत निर्णय गरेका छन् । उनले पालिकाभित्रै प्रसूति सेवा उपलब्ध गराउने र स्वास्थ्य उपचारकाे दायरा फराकिलो बनाउने उल्लेख गरेका छन् ।
साथै नगरपालिकाभित्र उत्पादित कृषिजन्य उत्पादनको बजारीकरण र पूर्वाधारमा समेत विशेष जोड दिने उल्लेख गरे ।