Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ जेठ ९ सोमबार १६:२१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

काठमाडौंको परिणामलाई अपवाद मान्नुपर्छ, समीक्षा गर्छाैँ : प्रवक्ता महत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ जेठ ९ सोमबार १६:२१:००

नेपाली कांग्रेसले काठमाडौं महानगरपालिकाको परिणामलाई हेरेर दल असफल भएको मान्न नहुने बताएको छ। पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै  प्रवक्ता डा. प्रकाशशरण महतले अपवादका रूपमा यसलाई मान्नुपर्ने बताए। उनले यसलाई कांग्रेसले नोटिसमा लिएको र समीक्षा गर्ने पनि बताए। 

‘निर्वाचनमा अपवाद जहिले पनि हुन्छ। सात सय ५३ पालिकामध्ये महानगरको विषयलाई मात्र लिएर दलहरू असफल भए भन्न मिल्दैन,’ प्रवक्ता महतले भने, ‘के कारणले युवा पंक्ति दलहरूसँग असन्तुष्ट भए समीक्षा गर्छौँ।’

उनले मूल असन्तुष्टि केपी ओली नेतृत्वको सरकारको असफलताका कारण रहेको जिकिरसमेत गरेका छन्। यसकारण युवा पंक्तिमा असन्तुष्टि बढेको र यसको घानमा कांग्रेस पनि परेको उनले बताए। महतले मतदानका क्रममा तालमेल गरेर समर्थन गरिएका उम्मेदवार मात्र नभएर कांग्रेसभित्रै पनि अन्तर्घातको अवस्था देखिएको बताए।

‘हामी आफैँले एक्लै उम्मेदवार उठाएका ठाउँमा त असहयोग गरेको देखिएको छ,’ उनले भने, ‘तालमेलको उम्मेदवार भएकैलाई मात्र मत नहालेको भन्ने होइन। यसलाई यसरी नमानौँ। एकल उम्मेदवारी परेका स्थानमा पनि आफ्नो दललाई सहयोग नगरी अर्को दललाई समर्थन गरेको पनि देखिएको छ। ठाउँ, परिवेशअनुसार त्यस्तो देखिएको छ।’