मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ ८ आइतबार
  • Wednesday, 18 December, 2024
मोहन विष्ट कञ्चनपुर
२o७९ जेठ ८ आइतबार १६:१६:oo
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

शुक्लाफाँटा नगरको मेयरमा एमालेका महरा निर्वाचित

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o७९ जेठ ८ आइतबार १६:१६:oo

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको मेयरमा एमालेका नेता रणबहादुर महरा निर्वाचित भएका छन्। आइतबार सार्वजनिक नगरको मत परिमाणअनुसार मेयरमा महरा निर्वाचित भएका हुन्।

महराले कांग्रेसका चिन्तामणि भट्टलाई पाँच सय नाै मतको अन्तरले हराउँदै नगर प्रमुखमा निर्वाचित भएका हुन्। महराले ६ हजार सात सय ७३ र भट्टले ६ हजार दुई सय ६४ मत ल्याएका छन्। माओवादी केन्द्रका उम्मेदवार नवराज ऐरले पाँच हजार दुई सय २५ मत ल्याए।

उपमेयरमा भने कांग्रेकी कल्पना पन्त (जोशी) निर्वाचित भएकी छिन्। गठबन्धनबाट एकीकृत समाजवादीका माधव पन्तलाई एक हजार एक सय ५९ मतान्तरले हराउँदै कल्पना निर्वाचित भएकी हुन्। कल्पनाले ६ हजार पाँच सय १९ मत ल्याउँदा माधवले पाँच हजार तीन सय ६० मत ल्याएका छन्। एमालेकी मोनिका भण्डारी (भट्ट)ले पाँच हजार दुई सय ३६ मत ल्याएकी छिन्।

६७ पदका लागि दुई सय ६६ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका थिए।  शुक्लाफाँटामा ३१ हजार चार सय ४८ मतदातामध्ये २२ हजार चार सय ४८ मत खसेको थियो। महरा यसअघि ०७४ को स्थानीय तह निर्वाचनमा कांग्रेसका उम्मेदवारसँग पराजित भएका थिए।