मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ ८ आइतबार
  • Wednesday, 18 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ जेठ ८ आइतबार १६:o१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

विकासका लागि दीर्घकालीन योजना बनाउन आयोगकी पूर्वसदस्य झाको सुझाव

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ जेठ ८ आइतबार १६:o१:oo

राष्ट्रिय योजना आयोगकी पूर्वसदस्य उषा झाले विकासको दीर्घकालीन योजना बनाउनुपर्ने बताएकी छिन्। नेपालमा काम गर्न नीतिको कमी नभए पनि प्रशासनिक प्रक्रियामा ढिलो हुने गरेको उनको भनाइ छ।

आइतबार राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष तथा अर्थविद् स्वर्णिम वाग्लेद्ववारा लिखित पुस्तक अतृप्त अवसर लोकार्पण कार्यक्रममा उनले विकासका लागि पाँच वर्षको नभई २५ वर्षको योजना बनाउनुपर्ने बताएकी हुन्।

‘हामीसँग नीतिको कमी छैन। संविधानले धनी बनाइदिएको छ। हेर्नु न शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षाको कुरा के मात्रै छैन ? तैपनि अहिले पनि कार्यविधि बनाउनु, प्रशासनिक प्रक्रियाहरूले गर्दा हाम्रा सबै कुराहरू रोकिने रैछ,’ उनले भनिन्, ‘हामीले पाँच वर्षको कुरा नगर्दा हुन्छ। पाँच वर्षको कुरा गर्दा हामीले धेरै छोटो सोचमा आफूलाई उभ्याइराखेको हुन्छ। हामीले २५ वर्षको कुरा गरौँ। २५ वर्षपछि हामीले के कुरा प्राप्त गर्ने हो त्यो कुरा सिस्टममा ढालौँ।’

झाले २५ वर्षे योजना बनाउन सके पाँच वर्षमा जसको सरकार आए पनि योजना बनाइरहनुनपर्ने र गुरुयोजनाअनुसार काम निरन्तर अगाडि बढाइराख्न सजिलो हुने धारणा राखिन्।