मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
२०७९ जेठ ८ आइतबार १४:१५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जुम्लाको कनकासुन्दरीमा एम्बुलेन्स दुर्घटना हुँदा तीनजना घाइते

Read Time : < 1 मिनेट
२०७९ जेठ ८ आइतबार १४:१५:००

जुम्लाको कनकासुन्दरीमा एम्बुलेन्स दुर्घटना हुँदा तीनजना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार कनकासुन्दरी गाउँपालिका– ६ दाँतेओखरमा सो गाउँपालिकाको क.१झ १५ नम्बरको एम्बुलेन्स दुर्घटना भएको हो।

प्रहरी निरीक्षक भुवन भट्टका अनुसार एम्बुलेन्स दुर्घटना हुँदा तीनजना सामान्य घाइते भएका छन्। कनकासुन्दरी– ६ का दलवीरे ऐडी बिरामी भई सदरमुकाम खलंगास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला ल्याउँदै गर्दा एम्बुलेन्स दुर्घटना भएको हो।

प्रहरी निरीक्षक भट्टका अनुसार एम्बुलेन्स सडकबाट २० मिटर तल खसेको छ। एम्बुलेन्समा ठूलो क्षति नभएको प्रहरीले जनाएको छ।