मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ जेठ ८ आइतबार
  • Monday, 14 July, 2025
२o७९ जेठ ८ आइतबार १२:५८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

महोत्तरीमा मिश्रित नतिजा : प्रमुखमा जसपा र लोसपा बराबरी, वडामा कांग्रेस अगाडि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ जेठ ८ आइतबार १२:५८:oo

महोत्तरीमा स्थानीय तह निर्वाचनको मिश्रित नतिजा आएको छ। जिल्लाको १५ स्थानीय तहका लागि भएको निर्वाचनमा प्रमुख–अध्यक्ष पदमा जसपा र लोसपाले पाँच–पाँच स्थान जितेका छन्। नेपाली कांग्रेसले दुई तथा एमाले, तमलोपा र स्वतन्त्रले एक–एक स्थानीय तह सञ्चालन गर्ने मुख्य जिम्मेवारी पाएका छन्।

माओवादी केन्द्रले भने प्रमुख पदमा एउटा पनि सिट जित्न सकेन। उपाध्यक्षमा जसपाले ६, लोसपाले चार, कांग्रेसले तीन तथा एमाले र स्वतन्त्रले एक–एक पालिकामा विजय हासिल गरेका छन्।

यस्तो छ पालिकागत प्रमुख/अध्यक्ष र उपप्रमुख–उपाध्यक्षको विवरण :

त्यस्तै, वडागत तथ्यांक हेर्दा जिल्लाका एक सय ३८ वडामध्ये नेपाली कांग्रेसले ३६ वडा अध्यक्ष पाएको छ भने जसपा र लोसपाले क्रमशः ३० र ३१ वडाध्यक्ष पाएका छन्। यता जिल्लामा तेस्रो स्थान पाउँदै एमालेले १८ वडा हाँक्ने जिम्मा पाएको छ।

प्रमुखमा शून्य रहेको माओवादीले १३ वडाध्यक्ष जितेर जिल्लामा अस्तित्व जोगाएको छ। त्यस्तै, बागी उम्मेदवारी दिएकाहरूले समेत महोत्तरीमा राम्रो स्थान पाएको देखिन्छ। जिल्लामा बर्दिबास नगरपालिकाको प्रमुखको जिम्मेवारी स्वतन्त्र उम्मेदवारले पाएका छन् भने पाँच वडामा समेत स्वतन्त्र उम्मेदवारले जित हासिल गरेका छन्।

यता जनमत पार्टी र तराई मधेस लोकतान्त्रिक पार्टीले दुई–दुई वडा पाएका छन् भने माधव नेपालको नेकपा एकीकृत समाजवादीले जलेश्वर नगरपालिकाको एक वडामा जित हासिल गरेको छ।