१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७९ जेठ ७ शनिबार १३:४०:००
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

दुई दिनमा पनि सुरु हुन सकेन गौरादहको मतगणना

Read Time : < 1 मिनेट
२०७९ जेठ ७ शनिबार १३:४०:००

झापाको गौरादहमा बिहीबार रातिदेखि स्थगित भएको मतगणना अझै सुरु हुन सकेको छैन। पटक–पटक सर्वदलीय बैठक बसे पनि निष्कर्षमा पुग्न नसक्दा मतगणना अझै सुरु भएको छैन ।

वडा नम्बर ७ को मतपरिणामप्रति चित्त नबुझेपछि कांग्रेस–माओवादी गठबन्धनले पुनः गणनाको निवेदन दिएका छन्। वडा नम्बर ७ को अध्यक्षमा एमालेका बलराम खरेलसँग कांग्रेसका दिलनाथ कटुवाल एक मतले पराजित भएपछि पुनः गणनाको माग गरिएको थियो। खरेलले एक हजार २० मत ल्याउँदा कटुवालले एक हजार १९ मत पाएका छन्।

‘हामीले सबै प्रक्रिया पूरा गरेर घोषणा गरेपछि निवेदन आएको छ । त्यहीकारण गौरादहमा गणना स्थगित भएको छ,’ जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसीकुमार नेपालले भने, ‘पटक–पटक बैठक बसिरहेको छ। अहिले पनि बस्ने तयारी गर्दै छ।’

गौरादहमा नाैवटा वडामध्ये सातवटा वडाको गणना सकिएको छ। अब दुईवटा वडा गणना गर्न बाँकी छ। कांग्रेसले गौरादहका निर्वाचन अधिकृत एमालेको पक्षमा लागेको भन्दै निर्वाचन कार्यालयबाहिर नाराजुलुस गर्दै आएको छ।