मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ ७ शनिबार
  • Thursday, 19 December, 2024
प्रतिकात्मक तस्बिर ।
२o७९ जेठ ७ शनिबार १२:१९:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

निर्वाचनमा फूलमाला बिक्री बढ्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ जेठ ७ शनिबार १२:१९:oo

पाल्पाको रामपुर नगरपालिका–४ देवीस्थानका दिलबहादुर थापाले यसपटक फूल बिक्रीबाट राम्रो कमाइ गरेका छन्। एक हप्तामा उनले एक लाख रुपैयाँबराबरको सयपत्री फूल बिक्री गरे। अहिले उनको बगैँचामा पहेँलपुर सयपत्री फूल फुलेका छन्। वैशाख ३० गते भएको निर्वाचनलाई लक्षित गरेर खेती गरेका थापाले मत परिणाम सार्वजनिक भएपछि फूलमाला बिक्री गर्न भ्याइनभ्याइ भएको बताए।

उनी भन्छन्, “निर्वाचनको समयलाई मध्यनजर गर्दै फूल लगाएको हो, व्यापार असाध्यै राम्रो छ, यसपटक आम्दानी गर्ने राम्रो अवसर मिलेको छ। समय ख्याल गरेर खेती गर्नुपर्ने रहेछ, अझै पनि फूलमालाको माग आइरहेको छ।” यसभन्दा अघि पनि फूलखेती गरेका थापा अहिले नसोचेको व्यापार हुँदा दंग छन्। निर्वाचनलाई मात्रै केन्द्रित गरेको हुँदा उनले यस पटक भने एक रोपनीमा मात्रै खेती गरेका थिए।

“छोटो समयमा धेरै व्यापार गर्न सफल भएको छु। कतिपयलाई माला गाँस्न नभ्याएर फूलमात्रै पनि बिक्री गर्ने गरेको छु। यतिवेला फूल टिप्ने, माला तयार पार्ने र बिक्री गर्दैमा दैनिकी बितेको छ”, उनले भने। अहिलेसम्म एक लाखको व्यापार गरेका थापाको बगैँचामा अझै सो मूल्यबराबरको फूल रहेको छ। पाल्पा, स्याङ्जा, तनहुँलगायतका विभिन्न स्थानबाट फूलमाला खरिद गर्न ग्राहक आएका उनले बताए। 

प्रतिकिलो रु ५०० र प्रतिमाला रु १५० मा फूल धमाधम बिक्री भइरहेको उनले बताए। अघिल्ला वर्षको निर्वाचनमा खादाको प्रयोग गरेका यहाँका नागरिक अहिले मालाको प्रयोगमा आकर्षित बनेका छन्। रासस