मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ ६ शुक्रबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ जेठ ६ शुक्रबार १६:२६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

आन्तरिक विमानस्थलहरूबाट मात्रै एक अर्ब ७० करोड बक्यौता उठाउन बाँकी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ जेठ ६ शुक्रबार १६:२६:oo

नेपाल नागरिक उड्डययन प्राधिकरणले आन्तरिक विमानस्थलहरूबाट मात्रै करिब एक अर्ब ७० करोड बक्यौता रकम असुली गर्न नसकेको पाइएको छ। संघीय संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिको शुक्रबारको बैठकमा नागरिक उड्डयनसम्बन्धी समस्या र समाधान उपसमितिले पेस गरेको प्रतिवेदनमा प्राधिकरणले आन्तरिक विमानस्थलहरूबाटै सो बक्यौता रकम असुली गर्न नसकेको उल्लेख गरिएको छ।

उपसमितिका संयोजक दिव्यमणि राजभण्डारीले विदेशी विमानस्थलहरूबाट पनि बक्यौता रकम असुली गर्न प्राधिकरणले नसकेको जानकारी दिँदै त्यसको मुख्यकारण गैरजिम्मेवारीपन रहेको बताए। उपसमितिको प्रतिवेदनमा नेपाल वायुसेवा निगममा नयाँ नेतृत्व आए पनि त्यसले बोर्ड बैठकसमेत बोलाउन नसकेको भनिएको छ।

उपसमितिको प्रतिवेदनमा नागरिक उड्डयनसम्बन्धी समस्या र ती समस्याको समाधानका लागि सरकार र सम्बन्धित निकायलाई समितिले जिम्मेवार भएर काम गर्न सचेत गराउनुपर्ने सुझाव दिइएको छ।

उपसमितिका संयोजक राजभण्डारीले विमानसेवाको माध्यमबाट मुलुकको पर्यटन क्षेत्रको विकास गर्ने कुनै पनि सोच सम्बन्धित निकायसँग नरहेको बताए। नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल वायुसेवा निगमको पुरानै संरचना र सोहीअनुसारको सोचको कारण यसले प्रगति गर्न नसकेको निष्कर्षसमेत उपसमितिको प्रतिवेदनमा निकालिएको छ।