१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
मनीष खड्का रुकुम पश्चिम
२o८१ बैशाख ३१ सोमबार o६:१९:oo
Read Time : < 1 मिनेट
ad
ad
निर्वाचन डिजिटल संस्करण

मुसिकोटको मेयरमा कांग्रेसको झिनो जित, उपमेयरमा एकीकृत समाजवादी विजयी  

Read Time : < 1 मिनेट
मनीष खड्का, रुकुम पश्चिम
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o६:१९:oo

रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा कांग्रेस झिनो मतले विजयी भएको छ । १४ वडा रहेको नगरपालिकाको मेयरका लागि अन्तिम १३ मतले कांग्रेसका उम्मेदवार विजयी भएका हुन् । सुरुवाती अग्रतालाई कांग्रेसले वडा नम्बर १२ सम्म पुर्‍याएको थियो ।  लगातार पछि पर्दै गएको माओवादीले वडा नम्बर ९ बाट अग्रतालाई छोट्याउँदै वडा १२ बाट भने प्रमुखमा अग्रता लिन सफल भएको थियो । उपमेयरमा पनि अग्रता कायम भएको थियो । 

वडा नम्बर १३ मा पनि अग्रता लिँदै वडा नम्बर १४ को मत गणना हुनुपूर्व माओवादीले एक सय ८० मतको अग्रता बनाएको थियो । तर, वडा नम्बर १४ मा भने माओवादीले उक्त अग्रता गुमायो भने १४ मतले पराजित हुन पुग्यो । केसीले ६ हजार नाै सय १४ मत पाउँदा शर्माले ६ हजार नाै सय १ मत पाए । उपमेयरमा भने माओवादी–एकीकृत समाजवादी गठबन्धनका तर्फबाट विमलकुमार पुन विजयी बने । 

उनले नेपाली कांग्रेस–एमाले गठबन्धनका थलवीर ओलीलाई एक सय ५५ मतले पराजित गरे । पुनले ६ हजार एक सय ४० मत पाए भने ओलीले पाँच हजार नाै सय ८५ मत ल्याए । मुसिकोटमा नेपाली कांग्रेस र एमालेले गठबन्धन गरेका थिए भने माओवादी केन्द्र र एकीकृत समाजवादीले गठबन्धन गरेका थिए । नगरका कुल १४ वडामध्ये माओवादीले आठ र कांग्रेसले ६ वटा वडा जितेको छ । 


 

ad
ad